बहराईन नेप्लिज वेल्फर सोसाइटीले रगत दान कार्यक्रम गर्ने

केबी मगर

 
मध्य पुर्विय राष्ट्र बहराईन स्थित यहि आउँदो ४ मार्च २०१६ सुक्रबारका दिन यादव दवकोटाको ब्यावस्थापन तथा अर्घाखाँची प्रवासी समाजका अध्यक्ष समेत रहेका यूवराज केसीको संयोजकत्व सलमानिया मेडिकल अस्पतालको हाता भित्र रहेको कक्षमा नेप्लिज वेल्फर सोसाइटीले रगत दान नै जीवन दान हो भन्ने हेतुले रगत संकलन कार्यक्रम गर्ने सार्वजनिक सुचना जारी गरेको छ ।

 
रगतको अभावको कारण कुनै मानवले अकाल मै ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले वर्तमान परिपेक्षमा सवारी साधनको चाप संगै घटना-दुर्घटना मात्र नभै विभिन्न अकल्पनिय समस्यालाई ध्यानमा राख्दै हामी नेपाली बिच सद्भाव, एकता तथा आपसी भाईचारामा थप टेवा मिलोस् भन्ने अभिप्रायले रक्तदान संकलन कार्यक्रम आयोजना गरेको हो ।

 
समाजिक अवधारणा बोकी स्थापित विभिन्न जातिय, क्षेत्रिय, वर्गिय, तथा धार्मिक संघ, संस्था, संगठन साथै अन्य समाजसेवी, बुद्धिजिवि, महानुभावहरू तथा विभिन्न पेशागत रूपमा कार्यरत समस्त नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा हातेमालो गर्न आउने दाताले आफ्नो १प्रति पासपोर्ट साइजको सहित उपस्थितिको लागि सोसाइटीका अध्यक्ष शालिकराम पन्तले राज्यसत्ता डटकमलाई जानकारी गराउनु भएको छ ।


नोट:- रक्तदान दिन ईच्छुक ब्याक्तिले २४ घण्ट पूर्व मादक पदार्थ सेवन नगर्न आयोजक समिति परिवार विनम्रता पूर्वक आग्रह गरेको छ।


मिति : 4 मार्च 2016

स्थान : सल्मानिय  हस्पिटल

समय : बिहान 9 बजे देखि दिउँसो 2 बजे सम्म

आयोजक : नेप्लिज वेल्फर सोसाइटी बहराइन

सम्पर्क नम्बर

अध्यक्ष:सालिकराम पन्त ३६१६२०००

संयोजक: युबराज के.सी. ३३८३९३८८

ब्यावस्थापन: यादव देवकोटा ३६२३०४७९

ममत खुशिधिन ३६२७७६२१

 
हिमाल घिमिरे ३५६१३३९६

खेमराज खनाल 37265091

आसिम मत 37383117

सेर बहादुर रावत 39016393

बिरेन्द्र बुढाथोकी 36817557

हिम्लाल पान्डे 37787565

सन्तोष श्रेष्ठ 36130355