हिन्सको सांस्कृतिक कार्यक्रम तक्मे बुढाले तक्मा टल्काएर चाइनिज बोले

Read Time:2 Minute, 7 Second

भिम बरही मगर, ७ फेव्रवरी, हंगकंग, एकिकृत नेपाली समाज हंगकंग (हिन्स) ले याउ मा तेइ कम्युनिटी हलमा जातिय सदभाब सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लगायत भारत, इन्डोनेशिया, फिलिपन्स, चाइनाको समेत गीत तथा झाकीहरू प्रर्दशन गरीएको थियो । साम सुइ पो डिष्टीक काउन्सिलर विल्सन डब्लु एस चानले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । डि ए वी पार्टीका चानले नेपाली समुदायको हरेक किसिमको समस्या समाधान गर्न हामी तयार भएकोले डि ए वी पार्टी नेपाली समदायविच रहेको बताएका थिए । फिलिपिन्स कन्सुलेट जनलरका डेपुटी कन्सुल जनरल क्रिस्चीय डीन्गससले विशेष अथिथ्य ग्रहण गरेका थिए । हंगकंगका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि अतिथ्य ग्रहण गरेका थिए । समाजलार्इ विशेष योगदान दिने ब्यक्ति तथा संस्थाहरूलार्इ सम्मान गरीएको थियो ।

नेपालबाट हास्यकलाकार तक्मे बुढा (विल्सन बिक्रम रार्इ) लार्इ ल्याइ सम्मान गरीएको थियो । रार्इले चाइनिज भाषा बोल्दै हास्य प्रस्तुती दिएका थिए । अशोक गहतराजको सञ्चालनमा अध्यक्ष बिनय शाहको अध्यक्षतामा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष शाहले बिभिन्न रूपमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरूलार्इ धन्यवाद दिएका थिए । कृष्ण लावती र अरूणा राना मगरले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %