आदिवासी जनजाति महासंघ बहराईनका अध्यक्षमा बुद्धिराज

Read Time:2 Minute, 12 Second
कृष्ण सारू मगर

मानमा- बहराईन नेपाल आदिवासी जनजाति महासंघ बहराईनले बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेष्टुरेन्टको सभाहलमा ज्ञानेन्द्र तमुको अध्यक्षतामा  पन्ध्रौ बैठकले बुद्धिराज राईलाई कार्यवाहक अध्यक्ष तथा विशेष महत्वपुर्ण सांगठनिक विभागिय पदाधिकारीहरू सचिव झहरमान थेवे, कोषाध्यक्ष रेशम पुर्जा मगर सह-कोषाध्यक्षमा मनिकुमार राई र संचार विभाग प्रमुखमा अमर गुरुङलाई सर्वसम्मतले पदपूर्ति गरेको छ ।
  अन्य सांगठनिक संरचना तथा कार्यसमितिको स्वरुप भने यथावत छन् । महासंघको विधानलाई अनुसरण गर्दै संस्थापक अध्यक्ष जयन्द्र घिसिङ तामाङले कर्म भूमी बहराईनलाई बिट मार्दै मातृभूमी स्वदेश प्रस्थानको बिदाई पश्चात १५औ बैठकले रिक्त पदमा पदपूर्ति गर्दै राईलाई जिम्मेवारी दिएको हो ।

बहराइनमा स्थापित नेपाली आदिवासी जनजाति समुदायहरुको एकतालाई थप मजबुद  पार्दै आदिवासी जनजातिको मुद्दालाई सशक्त रुपमा उठाउने प्रतिबद्धता जनाएका उनले विभिन्न वैचारिक, धार्मिक, क्षेत्रीय, साहित्यिक, साँस्कृतिक, पत्रकार, व्यवसायिक साथै अन्य सामाजिक संस्थाहरुसँगको आपसी सद्भावलाई निरन्तरता दिंदै आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित गर्न/गराउन र नेपालमा जारी आन्दोलनमा विश्वभरका आदिवासी जनजाति संस्थाहरु सँग समन्य, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउदै नव नियुक्त का.बा.अध्यक्ष राईले आफ्नो धारणा राख्नु भएको थियो l
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %