समता कला कार्यशाला

Read Time:1 Minute, 39 Second

मनोज घर्ती मगर

पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन/तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्ने समता कला कार्यशालाको ५० औं शृङ्खला सकिएको छ । शनिबार पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमामा भएको कार्यशालामा सिर्जनात्मक कला निर्माण गरियो । कलाकार गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङ, मिलन शेरचन, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, गोपाल दराई, अलिता गुरुङ, मिना गुरुङ लगायतका कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए ।

सिर्जनात्मक कला निर्माण पछि सभानायक कलाकार गोपाल श्रेष्ठले कलाको विकासको लागि आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए । संस्थाका सल्लाहकार तथा कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनिएको सुनाए । कार्यक्रम परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमामा भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %