अन्जना गुरुङ
लण्डन १४ माघ हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले तेज पुन मगरलाई अध्यक्षमा चयन गरेको छ ।
हेजको गोल्स क्लवमा गोर्खा च्यानलका वोर्ड आफ डाइरेक्टर तथा नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिव विमला लिम्वुको प्रमुख आतिथ्य तथा स्याडो चान्सलर एम पी जोहन म्याकडोनेलको विषेश आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कम्युनिटीका अध्यक्ष सुर्य इम्सङको अध्यक्षतामा भएको सो कार्यक्रमलाई पानसमा वत्ति वालेर उद्घाटन गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा संस्थालाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई खदा तथा प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा वोल्दै स्याडो चान्सलर एम पी जोन म्याकडनलले कम्युनिटीले हाल सम्म राम्रो काम गरिरहेको र यसलाई निरन्तरता दिदै अधि वढन अनुरोध गर्दै नेपाली समुदायले मागेको एक्स सर्भिसमेन कल्वको लागि चाडै नै पहल गर्ने प्रतिवद्धता जनाएका थिए । मन्तव्यकै क्रममा वहाले हरेक वर्ष हुने हेज कार्नीभलमा लगातार तीन पटक बिजय भएकोमा वधाइ दिदै गोखालीहरुको लागि सिमेट्री पाउन सफल भएकोमा समेत खुशि व्याक्त गर्रेका थिए ।
हाल गोर्खालीले सीमेट्री पाई सकेको वताउदै वहाले गोर्खा आन्दोलन जायज भएको जीकीर गर्दै जसरी भए पनि उनीहरुले न्याय पाउनु पर्छ र यसको लागि आफनो सहयोग रहने समेत वताएका थिए ।
कार्यक्रममा कम्युनिटि आर्थिक संयोजक फीयोना गीव्स र हेज टाउन र्पाटरनसीपका डेभीड वोरोले कम्युनिटी फण्ड र ट्राफीक फलोको वारेमा जानकारी गराउदै आफनो क्षेत्रवाट कम्युनिटीलाई के कस्ता सहयोग गर्न सकिन्छ भन्नेवारे जानकारी गराएका थिए । कार्यक्रममा कम्युनिटीमा आवद्ध दिवंगत सदस्यहरुको संझनामा एक मिनेट मौन धारण गरिएको थियो भने वहाहरुको परिवारलाई जनही एक हजार पाउण्ड सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।
अन्जना गुरुङ र तेज पुनले संचानल गरेको उद्घाटन सत्रमा कम्युनिटीका कोषाध्यक्ष बाल कुमारले आर्थिक प्रतिवेदन र सचिव तेज पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सुर्य इम्सङले आफनो कार्यकाल भरि भएका प्रयास तथा गतिविधिहरुवारे जानकारी गराएका थिए भने युथ कल्वको सचिब द्वारा प्रतिवेदन प्रस्तुत गर्रिएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन कमिटिका संयोजक भुपा ध्वोज आले मगरको संयोजकमा नयाँ कार्य समिति चयन गरिएको थियो । कम्युनिटीको नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा अम्वर गुरुङ, महिला उपाध्यक्षमा अन्जना गुरुङ, सचिवमा छत्र सिं लिम्वु, कोषाध्यक्षमा समसेर लिम्वु, सह सचिवमा प्रेमध्वज गुरुङ, सहकोषाध्यक्षमा पुर्ण नेपाली र सदस्यहरुमा चित्रा नेम्वाङ, वाल कृष्ण नेपाली, सुक्रराज तामाङ साथै युथ कल्वका अध्यक्ष विसाल गुरुङ सहित ११ सदस्यीय समिति गठन गरेको छ ।
नव निर्वाचीत कार्यसमितिका अध्यक्षले सपथ ग्रहण लिदै आफनो कार्यकालमा संस्थालाई च्यारिटीमा दर्ता गर्ने, सिनियर सिटीजनहरुलाई अवलोकन भ्रमणमा लैजाने र नेपाली वालवालिकाहरुलाई नेपाली भाषाको कक्षा संचालन गर्ने लगायतका कार्य योजनाहरु प्रस्तुत गरेका थिए ।