मेसीन रिडेबल पासपोर्ट (एमआरपी) अब हगंकगंबाटै दिइने प्रावधान प्रारम्भ गरिएकोछ । तर यसमा केहि समस्या देखापरेकोछ । सचेतनाको अभावमा शुभारम्भमै केहि समस्या देखिएकोछ । हङ्कङ स्थित नेपाली बाणिज्य महादुताबासका महाबाणिज्यदुत बिनोद नेपालले हङ्कङ्मा बसेका नेपालीहरुले एमआरपी लिनु अघि त्यस बारे आवश्यक जानकारी लिइए दुख नपाइने बताएकाछन् । हाल बिद्युतिय पासपोर्ट लिन आवेदन दिनेहरुको संख्या यहाँ स्थित महाबाणिज्यदुताबासमा दिनहू बढिरहेतापनि आवश्यक जानकारी नभएकोले धेरै फारमहरु रद्द गर्नुपरेको उनले जनाए । सानो त्रुटीले गर्दा अनावस्यक ढिलाई र ठुलो समस्या बेहोर्न नपरोस भन्नका नीम्ति नयाँ निबेदन दिनेहरुलाई अगावै जानकारी राख्न उनको सुझाव थियो ।
लेखक र महाबाणिज्यदुत नेपाल
राज्यसत्ता डट कमसंगको छोटो कुराकानीमा एमआरपी निबेदन दिनेहरुको संख्या दिनहू बढदै गएपनि आवश्यक जानकारीको अभावमा धैरै निबेदनहरु फोटोको साइज नमिलेर, कम्प्युटर सेन्सरद्वारा रद्ध भएर नेपालबाट फिर्ता आएको छ । संख्या बढ्दै गएपनि त्यसमा सचेतनाको कमीले धेरै फारमहरु रद्द भएका र सेवाग्राहीले दुख पाएको उनले बताए ।
हगंकगंमा एमआरपी बन्न कम्तिमा ८ देखि १० हप्ता लाग्छ । नयाँ एमआरपी बनाउन हङ्कङ डलर १२०० लाग्छ भने रिन्यू गर्न हङ्कङ डलर २४०० तिर्नुपर्छ । तर पुरानो राह्दनीको म्याद कम्तिमा ६ महिना भन्दा बढी बाँकी छ भने त्यो रिन्यू गर्न नमिल्ने नेपालले बताए । यदि प्रक्रिया पुगेका कुनै आवेदकलाई इमर्जेन्सी एमआरपी चाहिएमा यात्रा अनुमतिपत्रको ब्यवस्था गरिने छ, जसको दस्तुर हङ्कङ डलर १२० लाग्नेछ । यो एमआरपी आवेदन गरेकाहरुका हकमा मात्र लागु हुनेछ ।
राह्दानी वा यात्रा अनुमतिपत्रको लागि सङ्लग्न गर्नु पर्ने फोटोको विवरण :
(1) फोटो: ६ महिना भित्र खिचेको रङगीन हुनुपर्नेछ ।
(२) आकार: ४५ मि.मी. – ४.५ से.मि . ह. ३. ५. से. मि.) हुनुपर्नेछ ।
(३) पृष्ठभूमी: सादा र हलुका रंग हुनुपर्नेछ ।
(४) अवस्थिति (Pose): पूर्ण रुपमा अगाडि फर्केको, दुबै कान देखिने, आँखाले क्यामेरा हेरेको, टाउको पूरा र काधको केही भाग देखिने, छाया (Shadow) नदेखिने, रातो आँखा (Red eye ) नभएको, साथमा अन्य ब्यक्ति नदेखिने, मुख बन्द भएको, चह्किलो रंगको लुगा नलगाएको हुनुपर्नेछ । ।
(५) स्वरुप (Image) को स्थिती : अनुहारले ७० देखि ८० प्रतिशत सम्म फोटो ढाकेको हुनुपर्नेछ ।
(६) गुणस्तर प्रस्ट (Sharp focused):उच्च , नखुम्चिएको, मसी वा दागधब्बा नलागेको, स्तरिय कागज (Resolution मा छापिएको हुनुपर्नेछ ।
(७) चश्मा पर्योग गर्नु पर्ने भएमा: आँखा प्रस्ट देखिने, मसिनो फ्रेममा, प्रकाश परावर्तन (Reflection) नभएको तथा शिशा रङगीन नभएको हुनुपर्नेछ ।
(८) स्वास्थ्य धार्मिक, साँस्कृतिक सम्बन्धी कारण वाहेक टाउको खुला हुनुपर्नेछ ।
एम बि थापा दर्लामी मगर