प्रेश–वक्तव्य
मिति ः २०७२/१०/०९
मिति २०७२ माघ ९ गते आदिवासी जनजाति राष्ट्रिय आन्दोलन (आजरा), नेपालको निर्देशक समितिको बैठक आजरा, नेपालका अध्यक्ष श्री पद्यरत्न तुलाधरको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकले सर्बप्रथम माघ ७ गते विराटनगरको रंगेलीमा मधेसी आन्दोलनकारीहरु माथि प्रहरीले चलाएको गोलीबाट मृत्यु हुन गएका तीनजना मधेसी नागरिकहरु प्रति श्रद्धान्जली अर्पण ग¥यो । उक्त दिन भएको प्रहरी दमनको घोर भ्रत्र्सना गर्नुका साथै आन्दोलनकारीहरुको जायज माग यथाशीघ्र पूरा गर्न सरकारलाई आग्रह गर्दछ । बैठकले आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले हालसम्म विभिन्न चरणमा विभिन्न ठाउँहरुमा सम्पन्न गरेका आन्दोलनका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै असोज ३ गते जारी भएको प्रतिगामी संबिधानका विरद्ध २०७२ साल चैतसम्मका लागि आन्दोलनहरुका विभिन्न कार्यक्रमहरु तय गरेको छ । कार्यक्रम अनुसार ः
१. आदिवासी जनजाति राष्ट्रिय युवा दस्ताद्धारा माघ ११ र १६ गते काठमाण्डौँमा प्रतिगामी संबिधानको विरुद्धमा गरिने विरोध कार्यक्रम (११ गते कालो झण्डा प्रदशन र १६ गते मार्च पास) को सम्पुर्ण जिम्मा युवा दस्तालाई दिने तथा सो विरोध कार्यक्रमलाई समन्वय र व्यवस्थित गरी प्रभावकारी ढंगबाट सफल बनाउन आजरा, नेपालको सबै सदस्य संस्था÷व्यक्ति, संचारकर्मी तथा आम न्यायप्रमी जनसमुदायहरुलाई आह्वान गर्ने ।
२. आजराले क्षेत्र–क्षेत्रमा गर्ने आन्दोलनहरु अन्र्तगत माघ २३ गते आजरा कै आयोजनामा सुदरपश्चिमको कैलालीमा बृहत विरोध सभाको आयोजना गर्ने र उक्त विरोध सभाको सम्पुुर्ण व्यवस्थापनको जिम्मा थरुहत÷थारुवान संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरु तथा जातीय संघ संस्थाहरुलाई दिने । सो विरोध कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली तथा कञ्चनपूरसम्मका थारु तथा अन्य आदिवासी जनजातिहरुलाई सहभागी गराउने । विारोध कार्यक्रमको तयारीको लागि आजरा निर्देशक समितिका केही सदस्यहरु र राष्ट्रिय युवा दस्ताका ईन्चार्ज तथा युवा स्वयंसेवकहरुलाई ३–४ दिन अगावै त्यस क्षेत्रतिर पठाउने । उक्त विरोध सभाको लागि लाग्ने आवश्यक खर्चको व्यवस्था आजराले गर्ने । उक्त विरोध सभामा प्रमुख वक्ताको रुपमा आजराका अध्यक्ष श्री पद्यरत्न तुलाधर र अन्य वक्ताहरुको रुपमा विभिन्न संगठन तथा समुदायहरुको समावेशी प्रतिनिधित्व हुने गरी तय गर्ने ।
३. त्यसैगरी आजराको आयोजनामा पुर्वाञ्चल क्षेत्रको ईटहरीमा फागुन १२ गते र मध्यमाञ्चल क्षेत्रको वीरगञ्जमा फागुन १४ गते बृहत विरोध सभाको आयोजना गर्ने । ती विरोध सभाहरुको तयारी कार्यक्रमहरुका लागि पनि आजरा निर्देशक समितिका केही सदस्यहरु र राष्ट्रिय युवा दस्ताका ईन्चार्ज तथा युवा स्वयंसेवकहरुलाई ३–४ दिन अगावै ती क्षेत्रहरुतिर पठाउने ।
४. कैलाली, ईटहरी र वीरगञ्जको विरोध कार्यक्रम पछि आजराको आन्दोलनलाई फागुनदेखि सुरु गरेर चैत महिनाभरी काठमाण्डौँमा केन्द्रीत गर्ने । त्यसको लागि काठमाण्डौँको टोल÷बस्तीसम्म पुगी आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले उठाएका मुद्दाहरुप्रति आम समुदायलाई सचेत बनाउन र उनीहरुलाई आन्दोलनमा संगठित गर्न व्यापक जागरण अभियान चलाउने । त्यसको मुख्य जिम्मेवारी नेवार र तामाङहरुलाई दिने ।
५. माघ, फागुन र चैत महिना भरी हुने आन्दोलनका कार्यक्रमहरुलाई व्यापक रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले एक महिनासम्म विभिन्न क्षेत्र, जिल्ला र ठाउँहरुमा भित्ते लेखन गर्ने तथा प्रचा, पोस्टर र पम्प्लेट छापी व्यापक वितरण गर्ने ।
६. आन्दोलनका यी सबै कार्यक्रमको लागि आजरा, नेपालले आफ्नै तर्फबाट आर्थिक संकलन गर्न आर्थिक अभियान चलाउने ।
प्रा.डा. ओम गुरुङ
प्रवक्ता, आजरा, नेपाल
