पोखरा ,
क्षमता भएर पनि सहि सुझाव नपाउँदा युवाले लिने गलत बाटोलाई कथा बनाएर ‘फ्रिसी’ फिल्म निर्माण भएको छ । गुरुङ समुदायका युवामा रहेका विभिन्न अन्यौलतालाई समेटेर बनाइएको ‘फ्रिसी’ मा प्रविधिको सहयोगले युवाले सफलता पाउन सक्ने संभावनलाई पर्दामा उतारिएको छ । ह्वाइट लोटस स्टुडियो प्रालिको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन÷लेखन युगबहादुर गुरुङले गरेका छन् ।
फिल्ममा प्रतिक गुरुङ र धनमाया गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने सुनील गुरुङ, प्रतिमा गुरुङ, पूजा गुरुङ, गीता गुरुङ, एनबी गुरुङ लगायत कलाकारको अभिनय छ । गुरुङ गाउँ सिक्लेस र पोखराका विभिन्न ठाउँमा छायाङ्कन गरिएको फिल्मलाई रञ्जित गुरुङले क्यामेरामा कैद गरेका हुन् । फिल्ममा रोशन गुरुङले गाएको गीत समावेश गरिएको छ । हङकङ, नेपाल, कोरिया, जापान, बेलायतमा रहेका व्यक्तिले फिल्ममा सामूहिक लगानी गरेका छन्