मनोज घर्तीमगर
तस्वीर ः छवि मगर
पोखरा मालेपाटनका संगम गुरुङ अरुभन्दा केही न केही नयाँ काम गर्न मन पराउँछन् । गुरुङ समुदायमा हुर्केका उनलाई लाहुरे हुन घरबाट दबाब नआएको पनि होइन । तर, रंग रमाईलोमै उनको मन भुलेको छ । परम्परागत सालैजो डान्समा खप्पीस छन् उनी । समय परिर्वतनस“गै उनलाई आजभोली आधुनिक शैलीको डान्स सिक्ने भुतसवार भएको छ । उनी डेढ बर्षदेखी ब्रेक डान्समै रमाईरहेका छन् । ‘कल्चरल डान्सको महत्व भनि साध्यै छैन, तर समयसँगै आधुनिक डान्स सिक्दा पनि राम्रो हुन्छ भनेर बे्रक डान्सतिर लागेको हुँ‘ उनी भन्छन्,‘ब्रेक डान्सको विदेशमा धेरै स्कोप छ, अब नेपालमा पनि यसको माग बढ्नेमा म ढुक्क छु ।’
फरक काम गर्न चाहनु युवा पुस्ताको स्वभावै हो । अरुभन्दा एक्ष्ट्रा देखाउन उनीहरुले नयाँ काम गर्न रुचाउँछन् । पोखराका केही युवा पनि यतिबेला केही भिन्न कामतिर लािगरहेका छन् । अरुभन्दा फरक र नयाँपन दिन उनीहरुको रोजाइमा परेको छ ब्रेक डान्स । पोखरामा च्याउसरी खुलेका डान्स ट्रेनिङ सेन्टरमा ब्रेक डान्स सिक्नेको ताँती भेटिन्छ । शरिरलाई जस्तो भन्यो त्यसरी नै लच्काएर अर्थात बे्रक गरेर गरिने डान्सलाई ब्रेक डान्स भनिन्छ ।
रामबजारका १९ वर्षिय समिर श्रेष्ठ पनि ब्रेक डान्स सिकेर कम्मर मर्काउँदैछन् । एक वर्Èदेखि सिक्दै आएका उनले सुरुमा परिवारबाट अवरोध खेपे । शरिरमा कत्ति पनि नमिलेको कपडा लगाएर ड्याङ–ड्याङ र डुङढुङ गर्दै बज्ने चर्को स्वरका संगीतमा डान्स गर्न थालेपछि उनकी आमाले खुब हप्काउँथिन् । एक दिन उनले ब्रेक डान्सका विभिन्न स्टेप देखाइदिएपछि घरपरिवारले अचम्म मात्रै हैन रमाइलो माने । त्यसपछि उनको परिवारले ब्रेक डान्स गर्न उनलाई हौस्यायो । ‘नाचेको कि उफ्रैको भन्दै घरका सदस्यले जिस्क्याउँथे’ उनी भन्छन्,‘अहिले सबैको मन जितेको छु ।’
वर्È दिनदेखि नै ब्रेक डान्स सिक्दै आएकी बगरकी १७ वर्Èीया तुलसा पुर्जालाई ब्रेक डान्स सिकेर के गर्ने भनेर धेरैले खिसीटिउरी गर्छन् । उनलाई ती प्रश्नको कुनै मतलब छैन । आफ्नो सुरमा ब्रेक डान्स सिक्न तल्लीछन् छिन् उनी । ‘भन्नेका कुरा सुनेर कहिल्यै साध्य हुँदैन,’ उनी गर्वका साथ भन्छिन्, ‘अरुभन्दा फरक हुन म ब्रेक डान्समा सिक्न आएको हुँ ।’
बगरबाट हरेक दिन ब्रेक डान्स सिक्न सेन्टर धाउने १६ बर्षिया बिना दवाडी केटीहरुले फरक खालको ब्रेक डान्स गर्न सक्छन् भन्ने देखाउन खोजेको बताउ“छिन् । एसएलसी परीÔाको तयारीमा रहेकी उनी आठ महिनादेखि ब्रेक डान्स सिक्न हरेक बिहान कम्मर मर्काउनमा तल्लिन छिन् । ‘जमाना प्रतिस्पर्धाको छ, अरुभन्दा केही फरक त हुनैपर्छ’ उनी भन्छिन् ‘ब्रेक डान्स गर्दा अरुभन्दा फरक भएको महसुस गरेकी छु, यसले स्फूर्ति पनि दिन्छ ।’
बाग्लुङका दिनेश थापा अध्ययनलाई लत्याउँदै ब्रेक डान्सतिर लागेका छन् । भविष्यमा कुसल डान्सर बन्ने धोको पालेका उनले नाचेरै अन्तर्राष्ट्रियस्तरमा देशको नाम चम्काउने योजना छ । ‘एउटै मान्छेले सबैतिर हात हालेर सफल भइदैन’ उनी भन्छन्‘डान्स पनि सिक्ने पढाइ पनि सँगै लान गाह्रो भएर अध्ययनलाई ब्रेक गरेको हुँ ।’ ब्रेक डान्स सिक्नु पनि प्रावधिक पढाई भएको उनको बुझाई छ ।
पछिल्लो समय पोखराका थुपै्र युवाको आकर्षण ब्रेक डान्स बनेको छ । डान्स प्रशिÔक सुवास राइले पछिल्लो पुस्ता ब्रेक डान्समा बढी आकर्षित भएको सुनाउँछन् । ‘शरीर बेस्मारी मर्काउ“दैमा ब्रेक डान्स हुँदैन, यसका पनि केही आधारभूत कुराहरु छन्’ उनी भन्छन्, ‘टेक्निक, एक्सरसाइज र इनरजेटिक भाव हुनेले नै ब्रेक डान्सकोे सही स्वाद लिन सक्छ ।’ त्यसो त ब्रेक डान्स गर्दा तरिका मिलाउन नजाने खतरा पनि हुन्छ । यसले हातखुट्टा मात्रै हैन कम्मर र घाँटी समेत मकाईदिन सक्छ । पश्चिमा कल्चरको प्रभावले गर्दा आजभोलीका युवायुवती ब्रेक डान्सप्रति धेरै आकर्षित हुँदै गएको उनको भनाई छ ।