लामिछानेको ‘भेटिएन कतै’

Read Time:1 Minute, 5 Second

लोक दोहोरी गायक सुरज लामिछानेको तेस्रो एल्बम ‘भेटिएन कतै’ बजारमा आएको छ । एल्बमको संगीतकर्मी नवराज बराल र पदमराज ढकालले सार्वजनिक गरे । सुरज लामिछाने र सम्झना मगरको आवाज रहेको एल्बममा समावेश गीतको शब्द तथा लय संकलन निश्चल दवाडिले गरेका हुन् ।

हमाल म्युजिक प्रालिले बजारमा ल्याएको एल्बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर बिसीले निर्देशन गरेको र पोखरामा छायाकंन गरिएको भिडियोमा बाबुकृष्ण परियार र बबिता गुरुङको अभिनय छ । २०६९ सालमा ‘चाहेर काल आउदो रहेनछ’ बोलको गीत रेर्कड गरी लामिछाने सांगीत क्षेत्रमा आएका गायक लामिछानेले २०७० मा तीजको एल्बम ‘खुशी हुँदै हुँदै’ निकालेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %