काठमाडौ , फागुन ९
जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च ( नकार्ड)ले आइतवार राजधानीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७ सार्वजनिक गरेको छ ।
सभामुख सुवास नेम्वाङले एक कार्यक्रमका वीच संविधान सार्वजनिक गरेका हुन् ।
संविधान जारी गदै उनले संविधान निर्माण गर्न सभाको विकल्प नरहेको प्रष्ट पारे । विभिन्न जात जाति संघ सस्थाले आफू अनुकूलको संविधान जारी गरेपनि त्यो केवल संविधान सभाका लागि एउटा सुझावको रुपमा लिने वताए । संविधान निर्माण एउटा जटिल प्रकृया भएको र यसमा साझा सहमति आवश्यक पर्ने हुदा समय लाग्ने र सवैको अधिकार समेटेर सवैको संविधान वनाउन संविधान सभाले काम गरिरहेको वताए । ब्यवस्थापिका संसद्को विभिन्न विषयगत समितिका ८० वटा विवादित विषय पनि दलहरुवीच सहमतिमा टुग्याउने र समयमै संविधान जारी हुने उनले वताए ।
शान्ति प्रकृया अगाडि कि संविधान अगाडि भन्ने विषयले ६ महिना दलहरुकै कारण ब्यवस्थापिका संसद् अवरुद्ध भएको उल्लेख गदै अव दलहरु यो सिस्टम नेपालका लागि उपयुतm छ भन्ने स्पष्ट हुनु पर्ने वताए । कार्यक्रममा मल्ल के सुन्दरले यो संविधान आदिवासी , जनजाति , मुस्लिम समुदायको साच्चीकै संविधान भएको वताए । १४ जेठमा संविधान जारी गर्न संविधान सभा असफल रहे यही संविधान नै जनताको संविधान हुने पनि उनले चेतावनी दिए । तमु हयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का रमेस तमु जारी संविधानका विषय वस्तु माथि प्रकास पारेका थिए ।
कार्यक्रमा एमालेका राजेन्द्र श्रेष्ठ , माओवादीकी नेतृ हिसिला यमी , नेपाली काँग्रेसका रमेश लेखक, तराई मधेश लोकतान्त्रिक पार्टीका गंगा महरा लगायतले जनता संविधानका लागि आतुर रहेको र त्यसैको प्रमाण विभिन्न संघसस्थाले संविधान जारी गरि दलहरुलाई दवाव दिइरहको वताए । कार्यक्रम एनकार्डका अध्यक्ष डा. सुमित्रा मान्धरको अध्यक्षता सम्पन्न भएको थियो । १२ वटा जिल्लाका २४ स्थानमा पुगेर छलफल पछि तयार पारिएको उतm संविधानमा २८ भाग र ११ अनुसूचीमा विभाजन गरिएको छ ।