मगर सेवा समिति टोकाई जापानले बिगत देखि लखन दिवस र मगर दिवस कार्यक्रम एकै साथ मनाउदै आइरहेको र यस पटक पनि जापानको समय अनुकुल पारि आइची स्थित मिकावा टोयोटाको एक नेपाली रेस्टुरेन्टको हलमा २६ फेब्रुअरी साझं उक्त कार्यक्रम मनाउने भएकोछ । उक्त अवसरमा नेपाल मगर संघ लगाएत विभिन्न मुलुकमा संगठित मगर संघ संस्थाहरु लाई जानकारी तथा निम्तो पठाइएको अध्यक्ष राजु राना मगर ले बताएका छन् ।
उक्त कार्यक्रम मा जापानको कुना कुना मा रहेका सम्पूर्ण मगरहरु लाई एक जुट हुनको लागि जानकारी समेत गरिसकिएको बताएका छन् । कार्यक्रममा टाढा टाढा बाट आउने पाहुनाहरुलाई यातायात र बसोबासको बन्दोबस्त, समितिका उद्दार बिभाग प्रमुख भिजेन्द्रमान पुन मगरले गर्ने समेत जानकारी गराइएको छ ।
श्याम राना मगर