भिम बरही मगर, १७ जनवरी, हंगकंग, मगर संघ हङकङ, मगर रोष गुमष्ठाको आयोजनामा युनलुङ थेटर हलमा मगर चलचित्र रैंयाँको सफल प्रदर्शन भएको छ ।
नेपालको ८ वटा जिल्लामा ५१ औं पटक र विदेशमा अमेरिकामा सफल प्रदर्शन भैसकेको लेखन र निर्देशक समेत रहेका मेकबहादुर पुन मगर (मेजन) ले बताए । यसको निर्माता हर्क आले मगर, तारामाया थापा मगर र अंकित पुन मगर हुन । चलचित्र प्रदर्शनको लागि निर्माता तारा थापा मगर, नायक अशोक आले मगर, निर्देशक मेक बहादुर पुन मगर, यवराज मास्की मगर गरी पाँच जना हंगकंग आएका छन । नेपालबाट आएका रैयाका अतिथिहरूलार्इ प्रशंसा पत्रले सम्मान गरीएको थियो । प्रमुख पात्रमा अशोक आले, प्रिया थापा मगर, दुर्गा ठाडा मगर, पुर्ण थापा मगर, राज थापा मगर, मिन पुन मगर, अनिता पुन मगर रहेका छन् भने यो तनहुँ र कास्कीको रमणीय स्थलहरुमा सुटिङ भएको हो । रैंयाँ भनेको मगर महिलाको पहिचान हो, यो मगर महिला संघको लोगोको रुपमा पनि रहेको छ । यसर्थ यसको प्रदर्शनमा मगर संघ, मगर महिला र मगर विद्यार्थीहरुले बिशेष चासो राखेर सहयोग गरिरहेको कुरा निर्देशक मेकबहादुर पुन मगरले बताए ।
यो चलचित्र जहाँ प्रदर्शन गरिरहेका छौं— त्यहाँ हाम्रो दायित्व भनेको यो हाम्रो पहिचान हो, यो मगर महिलाको लोगोको रुपमा प्रयोग भएको छ भन्ने कुरा बुझाइरहेका छौं निर्माता समेत रहेकी तारा माया थापा मगरले प्रस्ट्याइन । यो मगर चलचित्रलाई चलचित्र विकास बोर्डले मगर भाषा र मगर समाजको हितको लागि योगदान दिए वापत भनेर सम्मान पनि गरेको छ ।
मगर संघ हंगकगकी अध्यक्ष चन्द्र ज्योति आले मगरलार्इ निमात्री तारा माया थापा मगरले उपहार स्वरूप चिनो भन्दै रैया दिएकी थिइन । मगर रोष गुमष्ठा हंगकंगका अध्यक्ष रविन्द्र थापा मगरको अध्यक्षतामा, सचिब सन्जु थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।