मनोज घर्ती मगर
गायिका माया पुनको गीत तथा म्युजिक भिडियो पोखरामा सार्वजनिक गरीएको छ । ‘म सँग नेपाली मन छ’ बोलको गीत नेपाली सुगम संगीतका गायक कर्णदासले सार्वजनिक गरे ।
गायक कर्णदासले भारतिय नाकाबन्दीले थिलथिलो बनाएका बेला सार्वजनिक गरीएको यस गीतले राष्ट्रप्रेमको भावना जागृत गराउने बताए । गायिका माया पुनले गीतलाई उत्कृष्ट बनाउन गुणस्तरमा जोड दिएकाले गीत चल्नेमा आशावादी रहेको सुनाइन् ।
मन क्षेत्रीको शब्द, अर्जुन पोख्रेलको संगीत रहेको म्युजिक भिडियोलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् । फलानो क्रिएशनले बनाएको भिडियोमा केकी अधिकारी, मिलन थापा र बालकलाकार मन्दिप क्षेत्रीले अभिनय गरेका छन् । सरोज अधिकारीको छायाङ्कन गरेको भिडियो सुवास अम्गाई सम्पादन गरेका हुन् ।