राजनीतिक दलको क्रियाकलापले संविधानको काममा वाधा पुग्यो : उपसभामुख सुवेदी

Read Time:1 Minute, 16 Second

पाल्पा, ६ फागुन

संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले राजनीतिक दलहरूको विवादले संविधान निमार्णको काममा बाधा परेको बताएकी छन ।

पाल्पाको झडेवामा रहेको  किसान उच्चमाध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख सुवेदीले दलहरूबीचको सत्ताको किचलोले संविधान निमार्ण र शान्ति प्रक्रियालाई समेत असर पारेको बताइन ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन र जनताको पक्षमा संविधान लेखनका लागि जनताले राजनीतिक दल र सभासद्लाई दिएको जिम्मेवारीलाई दलहरूले कहिल्यै भुल्न नहुने उनको भनाइ छ ।

उपसभामुख सुवेदीले राजनीतिक दलहरूले सहमति गरेर संविधान लेखनका विवादित विषयलाई हटाएमा अबको तीन महिनामा संविधान बन्न सक्ने विश्वास व्यक्त गरिन ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %