राज्यसत्ता,
हङकङ ,जनवरी १७ – मगर संघ हङकङको आयोजनामा यही जनवरी १७ गते मगर चलचित्र रैंयाँ शनिबार युनलुङ थेटरमा प्रदर्शन हुने भएको समाचार प्राप्त भएको छ ।
यसको व्यवस्थापन मगर साँस्कृतिक समुह हङककङ रहेको छ । यसको सबै तयारी पुरा भएको समाचार मगर साँस्कृतिक समुहका अध्यक्ष रविन्द्र थापा मगरले बताएका छन् ।
नेपालको ८ वटा जिल्लामा ५१ औं पटक र विदेशमा अमेरिकामा प्रदर्शन हुन सफल यो मगर भाषा र नेपाली खस भाषामा संयुक्त रुपमा निर्माण भएको चलचित्रको लेखन र निर्देशन मेकबहादुर पु (मेजन) ले गरेका हुन् भने यसको निर्माण हर्क आले मगर, तारामाया थापा मगर र अंकित पुन मगरले गरेका हुन् । यसको प्रमुख पात्रमा अशोक आले, प्रिया थापा मगर, दुर्गा ठाडा मगर, पुर्ण थापा मगर, राज थापा मगर, मिन पुन मगर, अनिता पुन मगर रहेका छन् भने यो तनहुँ र कास्कीको रमणीय स्थलहरुमा सुटिङ भएको हो । यसको लागत १८ लाख लागेको कुरा हर्क आले मगरको छ भने रैंयाँ भनेको मगर महिलाको पहिचान हो, यो मगर महिला संघको लोगोको रुपमा पनि रहेको छ । यसर्थ यसको प्रदर्शनमा मगर संघ, मगर महिला र मगर विद्यार्थीहरुले बिशेष चासो राखेर सहयोग गरिरहेको कुरा निर्देशक मेकबहादुर पुन बताउनु हुन्छ ।
यो चलचित्र जहाँ प्रदर्शन गरिरहेका छौं— त्यहाँ हाम्रो दायित्व भनेको यो हाम्रो पहिचान हो, यो मगर महिलाको लोगोको रुपमा प्रयोग भएको छ भन्ने बताईरहेको कुरा यसको निर्माता मध्येका एक तारामाया थापा मगरको छ । यो मगर चलचित्रलाई चलचित्र विकास बोर्डले मगर भाषा र मगर समाजको हितको लागि योगदान दिए वापत भनेर सम्मान पनि गरेको छ ।