किरात येले संवत ३७९५ मनाउन यलम्बर फाउन्डेशनको अपिल

Read Time:6 Minute, 7 Second

राजु सुब्बा

गत १३ जनवरी २०१६ का दिन यलम्बर फाउन्डेशनद्धारा जारी अपिलमा यो बर्षलाई किरात येले संवत ३७९५ मनाउन आग्रह गरेको छ ।

फाउन्डेशनका उपाध्यक्ष प्रोफेसर मोतिकला देवानद्धारा हस्ताक्षरित अपिलमा भनिएको छः गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ ।

हामी किरात जाति ९याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि० हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात येले संवतका सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तरराष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल ९ई।सं। १३८२—१३९५०ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा।डा। जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात येले संवतको कालगणना सन् २०१६ मा ३७९५ भएको निष्कर्ष दिएको छ । उक्त कुरा किरात येले संवत् अध्ययन समन्वय समितिले किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खालाई बुझाइ सकेको उल्लेख गरेको छ ।

किरात जनलोकमा प्रचलित किरात येले सवतलाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा। रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ ९राजा० यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात येले संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हुन आएको छ । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।

यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरीदिनुहुन्छ भन्ने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले सवतको नयाँ वर्ष ३७९५ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येले सवतको प्रामाणिक काल गणना ३७९५ ९सन् २०१६० लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ भनिएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %