अस्थायी शिक्षकहरुद्धारा शिक्षा मन्त्रालय ठप्प

Read Time:1 Minute, 6 Second

काठमाडौँ, ६ फागुन

विगत लामो समयदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुले स्थायी हुनुपर्ने माग राख्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् । मुलुकभरका प्रतिनिधि सम्मिलित अस्थायी शिक्षकहरुको टोलीले सेवा अवधि गणना गरी सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गरिनुपर्ने माग राख्दै आज केशरमहलस्थित शिक्षा मन्त्रालयमा दुई घण्टासम्म धर्ना दिएका हुन् ।

बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म धर्ना दिइएको जानकारी दिँदै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका महासचिव दिनेश थापाले ज्ञापनपत्र बुझाउने आजको कार्यक्रम भने स्थगित गरिएको बताए  ।

उनले भने— ‘शिक्षामन्त्रीको टुङ्गो लागेपछि मात्र ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %