गजल ( माघे सक्राती )

तारा थापा मगर

माघे सक्राती अायो, तरुल किन्नु पर्छ 
य‍‍ो हाम्रो परम्परा, सबैले चिन्नु पर्छ 

हामी अाफ्नो रिती रिवाज, जोगाई राख्न 
पर्व हेरी भेष भुषा, लगाई हिन्नु पर्छ 

माघे सक्राती मान्न, सखरखण्ड तरुल 
सेल रोती पोल्न, तेल पिठो बिन्नु पर्छ 

झ्याउरे चुड्केको तालमा, साथी भाई 
नाच्न गाउन, रमाईलोले उछिन्नु पर्छ