मनोज घर्ती मगर
साहित्यिक अभियान ‘अक्षरयात्रा’ को १२५ औं श्रृङ्खला पोखराको मझेरीपाटनमा भएको छ । साहित्यिक पर्यटनको अवधारणाकासहित गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले संयुक्तरूपमा प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षर यात्राको पुसे श्रृङ्खला मझेरीपाटनको देउराली फार्म हाउसमा भएको हो । देउराली फार्म हाउसको स्थानीय व्यवस्थापनमा भएको अक्षरयात्रामा मझेरीपाटन आसपासको सम्भावना, देशको राजनीतिक अवस्था, सामाजिक विकृति र मायाप्रेम विषयलाई यात्रीले रचनामार्फत सुनाएका थिए ।
अक्षरयात्राका परिकल्पनाकार मध्येका एक प्रकट पंगेनी शिवले साहित्यलाई पर्यटनसँग जोडेर तद्स्थानमै सिर्जना भएका रचना सुनाउने अभियानले नयाँ प्रतिभा र सम्भावनाको उजागर तथा साहित्यमा विविधता ल्याउन अक्षरयात्रा अभियान सुरू गरिएको बताए । फार्म हाउसका सञ्चालक तथा कवि गनेस पौडेलले चलिरहेका साहित्यिक अभियान मध्ये अक्षरयात्रा पृथक अभियान भएको बताउँदै एग्रो टुरिजमलाई पनि जोड्न पाएकोमा खुशी व्यक्त गरे । सन्ध्या अध्यक्ष विर्सना बस्नेतको अध्यक्षतामा भएको अक्षरयात्रामा पर्यटकीय सम्भावनालाई साहित्यमा उतार्दै तद्स्थानीय रचना वाचन गर्ने अभियान, अक्षरयात्रामा यस पटक पोखराका करिव तीन दर्जन बढी साहित्यकारले सहभागिता जनाए ।