रूद्र श्रीसमगर
पोखरा, २५ पुस
तराना म्यूजिक सेन्टर पोखराको आयोजनामा भएको तराना सांगीतिक साँझ–२०७१ को आय व्यय सार्वजनिक गरिएको छ ।
तराना म्यूजिकले शनिबार आयोजना गरेको रमाइलो वनभोज कार्यक्रमका अवसरमा प्रशिक्षार्थी कलाकारहरूको प्रतिभा प्रस्फुटनका लागि आयोजित कार्यक्रममा भएको खर्च तथा आम्दानी सेन्टरका सञ्चालक एवं संगीतकार श्रीमान थुलुङले सार्वजनिक गर्नुभयो ।
सो अवसरमा सेन्टरमा प्रशिक्षणरत प्रशिक्षार्थी कलाकारहरूले आ–आफ्नो गायन प्रतिभा समेत प्रस्तुत गरेका थिए ।