नेपाल मगर संघ युएईले माघेसन्क्रान्ती शुभकामना एवं पिक्निक कार्यक्रमको आयोजना गर्दै

Read Time:2 Minute, 10 Second

 कार्यक्रमको तयारी अन्तिम चरणमा

सुर्य आलेमगर ९ जनवरी २०१६ आबुधाबी /

नेपाल मगर संघ युएईको आयोजनामा आगामी आगामी १५ जनवरी ( माघ १ गते, शुक्रबार ) युएईको राजधानी आबुधाबीको हम्दाम कर्नेशपार्कमा हुन थालेको माघेसक्रान्ती शुभकामना एवं पिक्निक कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको जानाकारी प्राप्त भएको छ । गत ८ जनवरी, आबुधाबी स्थित हम्दाम कर्नेशपार्कमा संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षतामा बसेको उक्त कार्यक्रमको समिक्षा बैठकले उक्त कुराको जानाकारी गराएको हो ।

देशकै प्रमुख चाडको रुपमा रहेको माघेसक्रान्ती पर्वलाई मगरजातिले आफ्नो जातिय सभ्यताको विकास संगसंगै प्रमुख पर्वको रुपमा मान्दै आएको पर्व हो । नेपाल सरकारले समेत माघे सक्रान्ती पर्वलाई मगराजातिको राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ भने, यश पर्वले देशको भौगोलीयता,जातियता एवं सास्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

कार्यक्रमका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष राम थापामगरले जानकारी गराए अनुसार उक्त पिकनिक कार्यक्रममा मगरजातिका जातिय परिकारका साथ लाइभ बार्वक्यूको साथमा,सेलरोटी,तरुल,अचार,तिलको लड्डु,चिउरा र कोल्ड्रीङ लगायतका परिकारको व्यवस्था हुने जानकारी दिएका छन ।

साथै युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त शुभकामना आदानप्रदान एवं पिक्निक कार्यक्रममा उपस्थित भई दिन सादर निमन्त्रणा गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %