नेपाल मगर संघ ओमानको चौथो अधिवेशन सम्पन्न

Read Time:1 Minute, 22 Second

बुद्धि थापा मगर ,

ओमान मास्कट

नेपाल मगर संघ ओमानको चौथो अधिवेशन ८ जनवोरी २०१६ का दिन सम्पन्न भएको छ । संघका बरिष्ठ सल्लाहकार यम बहादुर थापा मगरको अध्यक्षतामा भव्यताका साथ सम्पन्न उक्त अधिवेशनले सुर्य बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।


बरिष्ठ उपाध्यक्षमा ईश्वर राना मगर, उपाध्यक्षमा गोम सारु मगर, महासचिवमा पूर्ण आले मगर, सचिवमा शुसिल पुन मगर र सह सचिवमा भीम थापा मगर चयन भएका छन त्यस्तै कोषाध्यक्षमा कमल राना मगर, सह-कोषाध्यक्षमा मान बहादुर गाहा मगर र बरिष्ठ सल्लाहकारहरुमा यम बहादुर थापा मगर, बुद्धि थापा मगर, रेम थापा मगर, कुमारी थापा मगर र महिला संयोजकमा गोमा थापा मगर चुनिएका छन ।

नेपाल मगर संघ ओमनले यही आउदो 2016 मार्च 11 तारिख ख्याति प्राप्त मगर दोहोरी गायक गायिकाहरुको साथमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %