कौह्रा गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा गायिका तारा

Read Time:2 Minute, 31 Second

रूद्र श्रीसमगर

पोखरा, २३ पुस
करिब ४०/५० वटा भन्दा बढी गीतमा आफ्नो स्वर रेडर्क गराइसकेकी गायिका तारा श्रीस छिटै कौह्रा गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।


पप तथा लोकपप गायनमा व्यस्त रहँदै आएकी गायिका ताराले लोकसंगीतमा समेत आफ्नो सांगीतिक पाइला अघि बढाएकी छिन् । यही क्रममा यसअघि ताराले दोहोरी गीतमा आफ्नो स्वर दिइसकेकी छिन् भने अब छिटै कौह्रा गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा छिन् ।
लामो समय पोखरामै बसेर सांगीतिक यात्राको थालनी गरेकी तारा अहिले काठमाडौंमा बसेर संघर्ष गर्दै छिन् । गायिका ताराको पछिल्लो म्यूजिक भिडियोका रूपमा कौह्रा गीतको म्यूजिक भिडियोको बिहीबार छायांकन सकिएको छ ।

पोखरा–१५, फलेपाटनस्थित पूर्व प्रधानपञ्च समेत रहेका राप्रपा नेपालका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीको परम्परागत शैलीको घरमा छायांकन गरिएको कौह्रा गीतमा गोविन्द पुन, मीना भुजेल र मनिषा पुनले मोडलका रूपमा अभिनय गरेका छन् । गायिका ताराको लगानीमा निर्माण हुन लागेको म्यूजिक भिडियोको निर्देशन भने गोरे गुरुङले गरेका छन् । गोविन्द पुनको शब्द, नवीन रानाको लय तथा स्वर र गायिका तारा स्वयंको पनि स्वर रहेको कौह्राको म्यूजिक भिडियोको छायांकन भने दानबहादुर श्रीस र श्री छन्त्यालले गरेका हुन् ।

म्यूजिक भिडियोको छायांकन सकिएपछि प्रतिक्रिया दिँदै गायिका ताराले आफूले गरेको लगानीलाई दर्शक, स्रोताले माया गरिदिने आशा गरेको बताइन् । पपगीत गाउनु र लोकगीत गाउनु धेरै फरक भएको भन्दै उनले लोकगीन गाउन केही अप्ठेरो भएपनि दर्शक, स्रोताबाट माया पाउने आशा गरेको उल्लेख गरिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %