बिपी प्रतिष्ठानमा तालाबन्दी

Read Time:3 Minute, 18 Second

इटहरी, ५ फागुन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक पदाधिकारीहरूको चरम लापर्वाहीका    बिपी प्रतिष्ठानमा तालाबन्दी  कारण त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरू आन्दोलित हुँदा प्रतिष्ठानको अवस्था लथालिङ्ग बन्न पुगेको छ ।

लामो समयदेखि कर्मचारी, नर्सिङ विभाग, स्वास्थ्य प्राविधिक र सुरक्षा गार्डसमेतले छुट्टाछुट्टै आन्दोलन गरेकाले प्रतिष्ठानले सर्वसाधारण नागरिकलाई दिने स्वास्थ्य सेवा निकै गम्भीररूपमा प्रभावित हुन पुगेको छ ।

प्रतिष्ठानको ३५ औँ सिनेट बैठकबाट सबै कर्मचारीको माग पूरा हुने विश्वासमा बसेका कर्मचारी सिनेट बैठकमा उठाइएका समस्याले प्रवेश नै नपाएपछि सबै कर्मचारी आजदेखि अनिश्चितकालीन तालाबन्दी आन्दोलनमा ओर्लिएका छन् ।

कर्मचारी कल्याण मञ्च र नर्सिङ वेलफेयर कमिटीले आज बिहानै प्रतिष्ठानका उपकूलपति प्रोफेसर डा पूर्णचन्द्र कर्माचार्य, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यकक्षमा ताला लगाई अनिश्चितकालीन आन्दोलनमा ओर्लिएका छन् ।

उता हेल्थ प्रोफेसनल वेलफेयर कमिटीले पनि उपकूलपति डा कर्माचार्य र रजिष्ट्रारको कार्यकक्षमा ताला लगाई आफ्ना माग पूरा नभएसम्मका लागि आन्दोलनको घोषणा गरी काममा सहभागी भएका छन् ।

त्यसैगरी, प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डहरूले बिहानैदेखि प्रतिष्ठानको मुख्य कार्यालय अगाडि रजिष्ट्रार नन्दकुमार थापा र धरान नागरिक समाज अध्यक्ष मनोजकुमार मेयाङ्ग्बोविरुद्ध नाराबाजी गर्दै धर्नामा बस्दै आएका छन् ।

प्रतिष्ठानको ३५ आँै सिनेट बैठकले कर्मचारीका विषयमा कुनै कुरा नउठाएको तर प्रतिष्ठानलाई वार्षिक अढाइ करोड अतिरिक्त भार थोपर्ने गरी प्राध्यापकहरूको तलबमानमा वृद्धि गरेको आरोप लगाउँदै कर्मचारीहरूले आफ्ना मागका विषयमा भने चासो नै नराखेका कारण बाध्य भएर आन्दोलन नै गर्नुपरेको कर्मचारी कल्याण मञ्चका सचिव सुजेन्द्र तामाङले बताए  ।

झन्डै दुई हजार भन्दा बढी कर्मचारीहरू कार्यरत प्रतिष्ठानको स्वास्थ्य प्राविधिक विभागमा कार्यरत कर्मचारीहरूले पनि विगतमा भएका समझदारीसमेत कार्यान्वयन नगरिएको भन्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %