ट्याक्टर दुर्घटनामा दुईको मृत्यृ

Read Time:1 Minute, 15 Second

पाल्पा, फागुन ४
पाल्पामा आज भएको सडक दुर्घटनामा परि २ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहि करहिया ८ मणीग्रामका गाडी धनी युवराज भण्डारी र सोहि स्थानका भिमलाल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  वुटवलवाट किराना समान र छड लिएर गुल्मीको जुभुङ तर्फ जादै गरेको लु १ त ९९३३ नम्मरको ट्याक्टर पाल्पाको अर्गली गाविस १ कुडापानीको ओरालोमा विहान करिव पौने ४ वजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । घाईते हुनेमा रुपन्देहि मणीग्रामका ट्याक्टरका चालक सन्त वहादुर नेपाली र सोही स्थानका सहचालक प्रकाश नेपाली रहेका छन् । दुवै जनाको तानसेन स्थीत मीसन अस्पतालमा उपचार भइरहेको र उनिहरु खतरा मुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %