मगर संघ कतारले माघे सन्क्रान्ती पर्व मनाउने

Read Time:1 Minute, 57 Second

कृष्ण सारू मगर/दोहा कतार

यही आउँदो १५ जनवरी २०१६ शुक्रवारका दिन मगरहरुको महान पर्व माघे सन्क्रान्ती मगर संघ कतार शाखाले मनाउने तयारी गरेको छ ।केन्द्रीय समितीका उपाध्यक्ष शेर वहादुर रोका मगरको संयोजकत्वमा नेपाल मगर संघ,कतार शाखाले वनभोज कार्यक्रमको आयोजना गरी मनाउने सुचना सार्वजनिक गरेको छ ।

मगर समुदायको ईतिहास, पहिचान, परम्परागत संस्कार संस्कृति संरक्षण-संवर्द्धनमा विशेष टेवा दिँदै नेपाल मगर संघ कतार शाखाले मगर माघे सन्क्रान्ती विशेष साँस्कृतिक झाँकी सहित विविध मनोरन्जनात्मक कार्यक्रम गरी मनाउने भएको छ ।

समाजिक कार्यको अवधारणा बोकी स्थापित सम्पूर्ण संघ,संस्था, संगठनहरू लगायत समस्त कतारबासी नेपालीहरू विच एकता, आपसी भाईचारा बढाउन यस वनभोज कार्यक्रमले थप टेवा दिनेछ भन्ने आयोजकको विश्वाश रहेको छ सोही अभिप्रायका साथ भब्य र सभ्य तरिकाले सफल बनाउनका लागि विभिन्न रोचक नृत्य तथा गीत संगीतले भरपुर मनोरञ्जनका साथ खुल्ला खेलकुद प्रतियोगितामा सहभागिताको लागि आयोजक समितिले हार्दिक अपिल गरेको छ ।

मिति:-१५ जनवरी २०१६ शुक्रवार
स्थान:- समाल पब्लिक गार्डेन
नोट:- उक्त स्थान सम्म जान-आउनका लागि यातायातको व्यवस्था समेत रहेकोले सम्पर्क गर्ने अन्तिम ०८ जनवरी २०१५ सम्म

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %