दाङमा ३८ जना कम्लरी वालिकाको उद्धार

Read Time:1 Minute, 5 Second

दाङ (देउखुरी), ३ फागुन

बितेको एक महिनाको अवधिमा दाङमा ३८ जना कम्लरी बालिकाको उद्धार गरिएको छ ।  कम्लरी ओसारपसारको समय मानिने माघीको अवसरमा माघ महिनामा गरिएको छापामार र नाका जाँचबाट ३८ कम्लरीको उद्धार गरिएको हो ।

घरमा छापामारेर ३१ जना र नाका जाँचबाट सातजना कम्लरीको उद्धार गरिएको सहयोग समाज नेपालका कार्यक्रम संयोजक गद्धुलाल चौधरीले जानकारी दिए  । उद्धार गरिएका कम्लरीमध्ये ३१ जनालाई अभिभावकको जिम्मा लगाइएको र बाँकी लम्लरीस्थित होस्टेलमा राखिएको कार्यक्रम संयोजक चौधरीले बताए  ।दाङलाई कम्लरीमुक्त जिल्ला घोषणा गरेको यही माघमा दुईवर्ष पुगे पनि अझै रेकर्डअनुसार ४०  कम्लरीको उद्धार हुन बाँकी रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %