कलाकार राम राना मगर को बिदाइ कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 17 Second

बिजय कुमार मगर

दोहा कतार-नेपाल मगर संघ, शाखा कतार को मातहतमा रहेको कला तथा संस्कृति बिभागका सदस्य राम राना मगर को मिति २ जनवरी २०१५ मा कला तथा संस्कृति बिभागको संयोजक रबि पुलामी मगरको सभापतित्वमा, नेपाल मगर, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर को विशेष उपस्थितिमा र यस विभागका सदस्य तथा कलाकार राम राना मगरको प्रमुख आतिथ्यमा र नेपाल मगर संघ, शाखा कतारका महासचिव बिजय कुमार मगर को सञ्चालनमा दोहाको हिमालय रेस्टुरेन्टमा विदाई कार्यक्रम सम्पन्न भयो । राना मगरलाई सभापति, विशेष अतिथि तथा सल्लाहकार सदस्यले खादा ओढाई सम्मान गरेका थिए । संस्थाको तर्फवाट संस्थालाई दिनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अन्य उपस्थित अतिथिहरुमा केन्द्रिय समितिका सल्लाहकार सदस्य जनक थापा मगर, नेपाल मगर संघ, शाखा कतारको कोषाध्यक्ष तथा नेपाल प्रवासी बचत कोषका अध्यक्ष केशव राना मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, मानार्थ सदस्य टेक रसाइली तथा अन्य यस विभागका सदस्यहरुको उपस्थिति रहेका थियो ।
कार्यक्रममा मन्तब्य राख्ने क्रममा महिला बिभागका संयोजक इशोरा थापा मगर, नेपाल मगर संघ, शाखा कतारका कोषाध्यक्ष तथा नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर र नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार जनक थापा मगरले यात्रा सफलताको शुभकामनाका साथै उज्वल भबिष्यको कामना गरेका थिए ।
नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले यस विभागमा रहेर संस्थाको हरेक गतिविधिहरुमा सहकार्य गर्दै अगाढी बढिरहनु भएकोमा यस संस्थाले एउटा होनाहार सदस्यलाई विदाई गर्नुपर्दा साह्रै दुःखः ब्यक्त गरेका थिए । राना कलाकारिताको क्षेत्र साथै हरेक बिधामा उत्कृष्ट हुनु भएकोमा गर्व लागेको बताए । यसरीनै उहाँलाई संसारको जुनसुकै स्थानमा रहे पनि नेपाल मगर संघ, शाखा कतारको बारेमा नेपालवाट कतार आउन लाग्नु भएका मगरहरुलाई संस्थाको बारे छोटो परिचय दिनको लागि अनुरोध गरेका थिए साथै सफलताको कामना सहितर सफल यात्रा को शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि कला राम राना मगरले आफू संसारको जुनसुकै ठाउँमा रहे पनि नेपाल मगर संघ, शाखा कतारले गरेको सम्मानलाई कहिले पनि नबिर्सने साथै संस्थाको बारेमा सम्पुर्ण मगरहरु लाई जानकारी गराउने प्रतिबद्धता गर्नु हुंदै यसरी विदाई भएर जांदा अझ बढि मगर समाज प्रति उत्तरदायि अझ बढेको महसुस भएको र आगामी दिनहरुमा आफ्नो कलाकारीता क्षेत्रवाटै मगर समाजको प्रगतिको लागि अगाडी बढिरहने जानकारी गराएका थिए ।
अन्तमा कार्यक्रमका सभापति रबि पुलामी मगरले उपस्थिति हुनु भएको सम्पुर्णलाई धन्यवाद दिदै बिदाइ भएर जानु हुनुहुने राम राना मगरलाई सफल जीवनको उत्तरोत्तोर प्रगतिको कामना सहित र सफल यात्राको शुभकामना दिदै कार्यक्रमको समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %