मिति : २०७२/०९/१७
प्रेस विज्ञप्ति
हाम्रो यस मगर आमसञ्चारकर्मी समाज, कास्की शाखाका कोषाध्यक्ष रेडियो बाराही, पोखरामा कार्यरत सञ्चारकर्मी टीका थापामगरमाथि बुधबार राती रेडियोको नियमित काम सकेर घर फर्किँदै गर्दा पोखराको नागढुंगा नजिकै मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आक्रमण गरेको खबरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा परी सञ्चारकर्मी थापामगरको टाउको र निधारमा गम्भीर चोट लागी टाउको अगाडि र पछाडि टाँका लगाउनुपर्ने अवस्था आएकोमा आक्रमणकारी जोसुकै भएपनि तत्काल छानविन गरी दोषीमाथि कडा कारबाही गर्न प्रशासनसमक्ष जोडदार माग गर्दछौं ।
सञ्चारकर्मी थापामगरमाथि राती झण्डै ११ः४० बजे निवासमा फर्कंदै गर्दा नागढुंगाको ओरालोमा आक्रमण भइ गम्भीर घाइते भएपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारपछि शुक्रबार डिस्चार्ज गरिएको छ । सञ्चारकर्मीमाथि बेलाबखतमा हुने यस्ता आक्रमणले सञ्चारकर्मी र प्रेसजगत् सुरक्षित छैन भन्ने पुनः प्रमाणित भएको छ । आम पत्रकार एवं सञ्चारकर्मीको जीउधनको सुरक्षा र पेशागत सुरक्षाको सुनिश्चितता राज्यले बेलैमा नगरे श्रमजीवि पत्रकार, सञ्चारकर्मीहरू आफ्नो सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि पर्ने छैनौं । सञ्चारकर्मीमाथि हुने यस्ता आक्रमणका घटनाले पुनः सबैले असुरक्षित महसुस गर्ने वातावरण बनेको छ । यस्तो अवस्थामा हामी आक्रमणको घोर भ्रत्र्सना गर्दै प्रशासनसमक्ष दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दछौं । साथै, घाइते सञ्चारकर्मी थापामगरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
…………………………
रूद्रबहादुर श्रीसमगर
केन्द्रीय सचिवालय सदस्य एवं कास्की जिल्ला सचिव
मगर आमसञ्चारकर्मी समाज