काठमाडौँ, ३ फागुन
एकीकृत नेकपा (माओवादी) ले सातबुँदे सहमतिको मर्म र भावनाअनुसार सबै प्रक्रिया अगाडि बढाउन अझै प्रयत्न गर्ने बताएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले सातबुँदे सहमतिलाई सफल पार्न छिटोभन्दा छिटो अघि बढ्नुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले सरकारलाई पूर्णता दिन जसरी पनि अघि बढ्नुपर्ने सो बैठको ठहर रहेको स्पष्ट पारे । बैठकले नेकपा (एमाले) र प्रधानमन्त्री झलनाथ खनालसँग यसबीचमा भएका छलफलको समीक्षा गर्दै थप निर्णय लिनुपर्ने निक्र्योल गरेको बुझिएको छ ।
सातबुँदे सहमति कार्यान्वयनका लागि माओवादी आन्तरिक वैठकमा
Read Time:59 Second