बेल्जियममा यसरी मनाइयो ल्होसार ,तस्विर सहित

Read Time:5 Minute, 2 Second

ईन्दिरा राई , डिसेम्बर३१, अन्तरपेन, बेल्जियम।

हिजो अन्तरपेनको दुर्नेमा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायले नेपालीहरुको राष्ट्रिय पर्ब नयाँ बर्ष ‘तमु ल्होसार’ भब्यता साथ मनाएका छन ।दुई हजार छसयौ तमु ल्होसारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास बेल्जियमकी द्दितीय सचिब ललिता सिलवाल, संस्थाका अध्यक्ष जीबन गुरुङ र ज्येष्ठ तमु क्याप्टेन जोख बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो ल्होसार कार्यक्रममा गैर आबासिय नेपाली संघका केन्द्रीय सल्लाहकार पिजी शेर्पा केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ , युरोप सह सन्योजक प्रेम गुरुङ , आई सिसी सदस्य जानकी गुरुङ, नेत्र मगर, चिज कुमार श्रेष्ठ ,केन्द्रीय महिला सह-संयोजक रजनी प्रधान ,एनआरएन नेदर्ल्यान्डका अध्यक्ष्य हिमाल गुरुङ ; लक्जेमबर्ग एनआरएन प्रबक्ता नारायण गुरुङ , शेर्पा संघ का अध्यक्ष सोनाम शेर्पा ,नेपाल पत्रकार महासंघ यूरोप शाखा अध्यक्ष केजिन राई ,तामांग समाजअध्यक्ष राम लामा ,पासापुच अध्यक्ष ,जन सम्पर्क समिति अध्यक्ष संन्तोष जोशी , जन प्रगतिशील मंन्च अध्यक्ष चित्र सुबेदी,ब्यबसायी संघ अध्यक्ष सिपी भट्ट ,प्रबासी मंच अध्यक्ष अर्जुन गुरूंग , मगर समाजका लोक राना, कलाकार संघ अध्यक्ष पदम गुरूंग लगायत बिभिन्न बैचारिक एबम सामाजिक संघ संस्थाका प्रतिनिधि सहित् करीब एक हजारको हाराहारिमा आफ्नो सँस्कृतिक भेष भुषामा सजिएका नरनारीहरुले उत्साह पूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए ।

बेल्जियमकै पुराना संस्थाहरु मध्य तमु समाजएक हो । बेल्जियमको स्थानीय समुदाय सँग मिलेर ईन्टिग्र्ेसन सँग संबन्धित गरिने गतिबिधीहरुको आधारमा बेल्जियम सरकारद्वारा मान्यता प्राप्त एक मात्र संस्था ‘तमू समाज बेल्जियम’लाई एक दशक देखि सामाजिक सांस्कृतिक गतिबिधिहरु सम्पन्न गर्दै आएकोमा सन २०१३ मा बेल्जियमको राजदरबारबाट निमन्त्रणा गरी एक समारोह बिच सम्मान गरिएको थियो । बेल्जियमको नेपाली समुदाय माझ सामाजिक ,सांस्कृतिक लगायतका गतिबिधिमा तमु समाजको भूमिकालाई सबैले प्रसंशा गर्ने गरेका छन ।

बिभिन्न समयमा तमु समाजलाई सहयोग गर्नु भएका र ल्होसार कार्यक्रमलाई प्रायोजन गर्नु हुने बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान तथा खादा लगाएर सम्मान गरिएको थियो ।

कलाकार संघ र महासचिब जिमी गुरूंग,सोफी कार्की महर्जनद्वारा प्रशिक्षित स्थानीय कलाकारहरुको संयुक्त टिमले बिबिध न्रित्य तथा गायन अभिनययुक्त कार्यक्रमहरु जोडदार प्रस्तुत गरेका थिए । कमल गुरुङको एकल गायनले पनि सहभागिहरुलाई भरपूर मनोरंजन दिलाएका थिए ।

तमु ल्होसार पर्बको लागि नेपालबाट आएका लोक गायक खेमराज गुरुङले स्वास्थ्य स्थिति खराब भएका कारण आफ्नो गायन प्रस्तुत गर्न सकेनन । कलाकार गुरुङले सो कार्यक्रममा भौतिक ऊपस्थिती जनाएपनि मौसम परिवर्तनका कारण ,चिसोका कारण गला अबरूद्द (टन्शील )भएको र स्वर भासिएको जानकारी दिएका थिए । वारी जमुना,,,पारी जमुना गीतका गायक खेमराजले आफ्नो फेशबूक पेजमा सम्पूर्ण बेल्जियमबासी आयोजक तमु समाज तथा सबै नेपाली समुदायमा पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दै माफि मागेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %