काठमाडौँ, २ फागुन
व्यवस्थापिका–संसदको आज बैठकले विनियोजन विधेयक २०६७, आर्थिक विधेयक २०६७, राष्ट्र ऋण उठाउने विधेयक, २०६७ र ऋण तथा जमानत (अठारौंँ संशोधन) विधेयक,२०६७ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
अघिल्लो सरकारले गत मङ्सिर ४ गते अध्यादेशमार्फत ल्याएको विधेयकलाई प्रतिस्थापन गर्न यी चार विधेयक संसद्मा प्रस्तुत गरिएको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले ती विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंँदै सांसदले उठाएका चासो र चिन्तालाई सम्बोधन गर्न प्रयास गरिने बताए ।
उनले पूर्ण वा पूरक कस्तो खालको बजेट ल्याउने भन्ने विषयमा आफू खुल्ला रहेको बताउँदै जस्तो बजेट ल्याए पनि सहमतिकै आधारमा ल्याइने विश्वास दिलाए ।