शान्ति वनमा सुगम सङ्गीत यात्रा

Read Time:1 Minute, 21 Second

मनोज घर्ति मगर
स्थापित र नवोदित प्रतिभाहरुलाई मौका दिन सुरु गरिएको सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला शान्ति वन वाटिकामा गरिएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जेई म्युजिक एकेडेमीको अयोजनामा भएको यात्रामा सहभागीले आफ्ना प्रतिभा प्रस्तुत गरे । रामभक्त जोजिजू, उमा चौधरी, शङ्करमान परियार, बलराम गिरी, अमिषा ढुङ्गाना, प्रज्ज्वल जोजिजू, सुनिल बराल, बिक्की गुरुङ, मनिष भट्ट, समीर गैरे, हिरा गुरुङ, आरती सापकोटालगायतले गीत गाएका थिए ।

नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने र पुराना स्रष्टालाई सम्मान गर्दै नेपाली गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन गन हरेक महिनाको पहिलो शनिबार कार्यव्रmम हुँदै आएको छ । त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले सुगम सङ्गीत यात्राले संगीत क्षेत्रमा नयाँ आयाम थपेको सुनाए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %