चर्चित लोक गायक राजु पारीयारको दरौ शिरुबारी सार्वजनिक

Read Time:1 Minute, 44 Second

मनोज घर्ति मगर
म्यूजिक भिडियोमा सिरुबारी
लोकगायक राजु परियारले पछिल्लो पटक गाएको गीत ‘दरौँ शिरुबारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार पोखरामा निर्माताहरुले भिडियोलाई सार्वजनिक गरेका हुन् । स्याङ्जाको दरौँ शिरुबारीलाई जोडेर बनाईएको गीतमा प्रेम विछोडको कथा छ । राजु परियार आफैले लेखेको गीत पनि उनको वास्तविक जीवनसँग मेल खाने गीतका संगीतकार जयकुमार परियारले बताए । भावको भएको यसको निर्माण यूनिटले जनाएको छ ।

अडियोमा हिट भएको यो गीतबाट राजु परियार धेरै पछि लोकगायनको क्षेत्रमा सक्रिय भएर आएका हुन् । बीचमा राजु परियार केहि समय लोकसंगीतबाट गायब जस्तै थिए । गीतको भिडियोलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । दरौँ शिरुबारी क्षेत्रमै छायाँकन भएको भिडियोमा गुरुङ फिल्मका नायक ताराबहादुर गुरुङ र मोनिका दाहालले अभिनय गरेका छन् । भिडियोमा तेज गिरी सहायक भुमिका देखिएका छन् । भिडियोलाई लक्ष्मी गुरुङले निर्माण गरेकी हुन् । प्रकाश गुरुङ ‘काश’ले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %