मैत्रीपुर्ण फुटवल प्रतियोगिता चल्दै

Read Time:2 Minute, 16 Second

देव पचभैया 

पाल्पा, पौष १०

जिल्ला खेलकुद विकास समिति पाल्पाले आयोजना गर्ने मैत्रीपूर्ण फुटवल प्रतियोगिताकालागि नेपाल पत्रकार महासंघ पाल्पा शाखाले खेलाडीहरुको नाम छनौट गरेको छ । टिम क्याप्टेन महासंघका अध्यक्ष राजेशकुमार अर्यालको नेतृत्वमा १८ जनाको नाम सार्वजनिक गरिएको छ । जसमा सहायक टिम क्याप्टेन माधव अर्याल र टिम व्यवस्थापकमा कृष्ण कार्की रहनुभएको छ । यसैगरि टिममा भरत शर्मा ,देव पचभैया ,अनिल लिगल, कमल तिमिल्सेना,किरण कौशल, मुक्तिप्रसाद न्यौपाने, रेखीराम राना, कपिल कार्की, विमल लामिछाने, मिलन विक, कृष्ण दर्नाल, यज्ञमूर्ति तिमिल्सेना,मेघराज शर्मा, झपेन्द्र गहिरे, भगवान भण्डारी रहेको महासंघले जनाएको छ ।
यसैगरि यही शनिबार दमकडा फुटवल मैदानमा हुने फुटवल प्रतियोगिताकालागि जिल्ला खेलकुद विकास समितिले खेल तालिक सार्वजनिक गरेको छ । दुई समूह अन्तर्गत पहिलो खेल नेपाल पत्रकार महासंघ र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन बिच हुनेछ । दोस्रो खेल वित्तिय संस्था र सरकारी विद्यालयका शिक्षकबिच हुनेछ भने कर्मचारी मिलन केन्द्र र गैरसरकारी संस्थाले सिधै सेमिफाइनल प्रवेश पाएका छन् । पहिलो खेलमा बिजयी हुने समूहले कर्मचारी मिलन केन्द्र र दोस्रो खेलमा बिजयी हुनेले गैरसरकारी संस्थासँग खेल्नेछ । फाइनल खेल पुस १५ गते तानसेन टुँडिखेलमा हुने समितिका अध्यक्ष करुणा काफ्ले जानकारी दीईन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %