सात वुदे सहमति वाम धुव्रीकरण तर्फ : सूर्य वहादुर थापा

Read Time:2 Minute, 1 Second

पर्सा, २ फागुन
राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष सूर्यबहादुर थापाले मुलुकमा दिगो शान्ति र लोकतन्त्र स्थायित्वका लागि प्रजातान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताएकाछन ।

राष्ट्रिय जनशक्ति पार्टी पर्साले  वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा वाम शक्ति बलियो र प्रजातान्त्रिक शक्ति कमजोर भएको कारण मुलुकले निकास पाउन नसेको बताउँदै प्रजातान्त्रिक शक्ति बलियो भएमात्र मुलुकले निकास तथा लोकतन्त्रको स्थायित्व सम्भव हुन सक्ने कुरामा जोड दिए ।

थापाले एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच सत्ता प्राप्तिका लागि भएको सातबुँदे सहमतिले बाम ध्रुवीकरण भएको प्रस्टयाएका छन् । एमाले र एमाओवादीबीच भएको सातबुँदे सहमति आफू र आप्mना दल तथा प्रजातान्त्रिक शक्तिसमेतलाई अमान्य भएको बताए । अध्यक्ष थापाले माओवादीलाई गृहमन्त्रालय कुनै पनि हालतमा दिन नहुने बताए  ।

प्रधानमन्त्री पदलाई त्यागेको दावी गर्ने माओवादीले गृहमन्त्रालयजस्ता सानो पदमा दाँत गाड्नुले माओवादीको उद्देश्य छरप्रष्ट पारेको कारण माओवादीलाई गृहमन्त्रालय दिनु लोकतन्त्रको लागि घातक हुने बताए  । अध्यक्ष थापाले हालै गठन भएको सरकारले पनि संविधान निर्माण कार्य पूरा गर्नेमा शङ्का रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %