नेपाल पत्रकार संघ हङकङको प्रथम साधारण सभाले एभरेष्ट साप्ताहिका सम्पादक किसन राईको नेतृत्वमा ९ सदस्य नव कार्य समिति चयन गरेको छ ।
१३ फेब्रुअरीका दिन मगर संघ हङकङको कार्यलयमा भेला सम्पन्न भएको थियो । समितिको उपाध्यक्षमा एचकेनेपाल डटकमका प्रधान सम्पादक प्रशन तमू,सचिव कान्तिपुर दैनिकका संवाददाता निर्मल श्रेष्ठ ,सहसचिव आलोपालो डटकमका सम्पादक देवराज राई , कोषाध्यक्ष नेप्स टाइमका सम्पादक विनय शाह , सहकोषध्यक्ष हङकङ नेपाली डटकमका सम्पादक इन्द्र एलजी थापा मगर तथा एचकेनेपाल डटकमका फोटो पत्रकार जगत अम्बु गुरुङ, मुलबाटो डटकमका फोटोपत्रकार मातृदीप राई, बगैँचा डटकमका कृष्णराज लाओती सदस्य पदमा चयन गरिएको छ ।
पहिलो साधारण सभामा तदर्थ समितिको अध्यक्ष किसन राईको अध्यक्षतामा पहिलोशत्र सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघका भूपू केन्द्रीय सदस्य पूर्ण बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित कार्यक्रमको बन्दशत्र पूर्ण वस्नेतकै अध्यक्ष मण्डलमा नयाँ कार्यत्र समिति चयन गरेको थियो । सभाले पूर्ण बस्नेत, भुपेन्द्र चेम्जोङ, चुरा थापालाई सल्लाहकारमा छनौट गरेको छ ।