उपप्रधानमन्त्री कमल थापालाई बेलायतमा विरोध,चोर बाटोबाट कार्यक्रममा प्रवेश

Read Time:3 Minute, 23 Second

गोर्खा सैनिकको लागि गरिएको कार्यक्रममा गोर्खाली बारे नै चासो देखाएनन । 

लण्डन, १६ डिसेम्बर २०१५ । नेपाल र बृट्रिस सरकार बीच सम्बन्ध स्थापना भएको २ सय बर्षगाँठको अवसरमा सहभागि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले गोर्खा माथि भएको विभेदको बारेमा बोल्नै नचाहेको र बोल्नै नसकेको कुरा एक सहभागी धर्म तामाङले बताएका छन ।

विभेदमा परेका भूतपूर्व गोर्खाहरुले समान सुविधा र अधिकारको लागि बोलिदिन, पहल गरिदिन पटकपटक आग्रह गरेको भएपनि मन्त्री थापाले आफू यस कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि मात्र ब्यक्त गरे तर गोर्खाली माथि गरिएको विभेदको बारेमा नबोलेको कारण सहभागि तामाङले आक्रोस ब्यक्त गरे ।

कमनवेल्थ फोरेन अफिसमा युके सरकारद्धारा आयोजित सभामा लगभग २ सयजना सहभागि कार्यक्रममा युकेका तर्फबाट परराष्ट्र सेक्रेटरी फिलिप हयामण्डले प्रतिनिधित्व गरेका थिए । हयामण्डले पनि गोर्खाको वारेमा धेरै प्रसंसा गरे तर गोर्खाहरुले ब्यहोरेको विभेदको बारेमा पटक्कै बोलेनन । मन्त्री ह्यामण्डद्धारा युके सरकारले ८५ मिलियन सहयोग गरेको खुलासा भयो तर नेपालका वास्ताविक भूकम्प पीडितहरु अहिले पनि खुल्ला आकाश मुनि बस्न बाँध्य भएको कारण नेपाल सरकार माथि शंका ब्यक्त गर्नुभयो । त्यसैगरि सबै राजनैतिक मुद्धालाई समेटे मात्र नेपाल अगाडि बढ्न सक्ने विचार ब्यक्त गर्नुभयो । विडम्बना उक्त समारोहमा भूतपूर्व गोर्खा संगठनहरुको कुनैपनि सहभागिता थिएनन ।

कार्यक्रम लण्डनको टेन डाउनिङ स्ट्रीट नजिक किङ्स चाल्स स्ट्रीटमा भईरहदा युकेमा रहेका आदिवासि जनजाति महासंघ , नेपाली सङ्घीय समाज, नेपाली मधेशी समाज, सङ्घीय जनमुक्ति समाज र सङ्घीय लिम्बुवान समाज लगायतका पहिचानवादीहरुले मुख्य प्रवेशद्धारमा प्लेकार्ड सहित विरोध गरेका कारण मन्त्री थापा सुटुक्क पछाडि गेटबाट कार्यक्रममा प्रवेश गरेका थिए ।

नेपाल सरकारको रवैया प्रति विरोध गरिरहेका विरोधि समुहलाई लण्डनका मिडियाहरुले चासोका साथ सोधिखोजि गरेका थिए । विरोध समुहका संयोजक तथा जनजाति महासङ्घ युकेका महासचिव कर्म पहाडी शेर्पाले ब्यक्तिको नभएर सरकारको रवैयाको विरुद्धमा आजको विरोध गर्नुपरेको बताउनु भयो ।

साभार : नेपाली समाचार ड्ट कम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %