धुर्त नेता र जनता -गजल

तारा थापा मगर

गजल 
राजनितिक गर्नेहरु, पहिले उस्काउछ जनता  
जात धर्मको झुटो कुरा सुनाई, फुटाउछ जनता  

हिमाल तराई पहाड, सबै एउटै नेपाल हो भन्छ 
यसको उसको भन्दै अाफैले, लडाउछ जनता  

नेताहरु कति सिपालु छन, कुर्चिको खेल खेल्न 
अनेक बाहनाले दुःख कष्ट, दिदै रुवाउछ जनता  

हक अधिकार पाउछ भन्दै, प्रोत्साह गर्दा गर्दै 
यस्तै यी मिठा कुराहरुले, सधै भुलाउछ जनता  

नेता हात जोडी, भ‍‍ोलीको निम्ति लड्नु पर्छ भन्दै 
चोकमा ढुँगा मुडा, टाएर बाली सुताउछ जनता ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %