तपाईको rajyasatta.com हेरियो, धेरै कुराहरु ज्ञानबर्द्धक छ | तर हलुवामा बालुवा जस्तो ठाउँ ठाउँमा “नेपाली” शब्दले “खस्” भासालाई सम्बोधन गरेको देख्दा चित्त बुझेन | के मगर भाषा अनेपाली वा गैर नेपाली भाषा हो? नेपाल भित्रको सबै भासाहरु “नेपाली” नै हो , हैन र ? त्यसो भय “खस्”भाषालाई “खस्”नभनी नेपाली किन भन्ने? वास्तबमा भन्ने हो भने नेपालको बाहुन छेत्रिहरुले यो “खस्” भाषालाई “नेपाली” भनाउन ठूलो सदयंत्र गरेको छ | येसो गर्दा अन्य भासा माथी दमन गर्न सजिलो वातावरण बन्ने छ भनेर नै “खस्” भाषा लाइ “नेपाली” बनाएको हो | सन् १९०० तिर नै राम मणि आचार्य दीक्षित (हाल हिमाल मेडिया संचालन गर्ने कनक मणि दीक्षित का जिजु हजुरबुवा) ले “मतवाली हरुको जाली भाषा नमासे हिन्दुहरुको कल्याण हुदैन”
भनि राणाको दरबारमा जाहेर गरेको थियो | तत्पश्चात गैर खस् भासाहरुमाथी निर्मम दमन गरियो | खस् भाषा बोल्न अस्वीकार गर्नेलाई सिपाही लगाएर जिब्रो थुतियो |
गोरखापत्र प्रकाशन ताका पनि यो भाषालाई गोर्खाली भाषा भनिन्थ्यो | पछी पंचायती शिक्षाको आडमा मात्र यो भाषालाई “नेपाली” भनेर ब्यापक प्रचार प्रसार गरियो | अचेल पनि “खस्”हरुको हालीमुहाली रहेको संस्था जस्तै INLS ले यस्तो लेख्छन :
1. With the broader perspective, INLS has to invite all speakers of Nepali
including other nationalities (i.e., Americans, Germans, Russians etc.)
should be invited to join INLS. This includes not only other foreign
nationals who have skills and interests in Nepali language, literarature,
arts etc., but also our own Nepali fellows who speak dilects in Nepal (i.e.,
Newari, Maithili, Tamang etc.) and have skills and interests in Nepali
language, literarature, arts etc..
Now the question arise what to do with other languages (such as, Newari,
Maithili etc.) of Nepal? I have following views:
2. Since existing bylaws of INLS “supports the development of other folk
languages” (see Article III, ix; folk languages meaning dilects or local
languages), the (INLS) executive committee can form subcommittee/s if there
is a priority need for the development of other folk languages;
नेपालका अन्य भासहरु (नेवार, राई, लिम्बु, मगर, मैथिली, थारु, भोजपुरी आदि ) के छुट्टै भाषा होइन र? खसहरु त dialect पो भन्दै छन् | folk languages (लोक / झ्याउरे भासा) पो भन्दै छन् | किन कि उनीहरु “खस्” भाषा नै एकमात्र “नेपाली” भाषा हो भन्ने देखाउन लागि परेका छन् | त्यसैले तपाईहरु जस्तो न्याय र समानताको निमित चेतना फैलाउन लागि पर्नुभएकाहरुले नै यो कुरा नबुझेर “खस्” भाषा लाइ “नेपाली” नै “नेपाली” भन्न लेख्न छोड्नु भएन भने बाहुनबादिहरु मुसु मुसु हास्दै बस्नेछन, होश गर्नु होला | त्यसैले तपाइको वेबसाइटमा “खस्” भाषा जनाउने “नेपाली” शब्दलाई सच्याएर “खस्” नै राख्नु हुन अनुरोध छ |
Jwajalapaa