मनोज घर्ती मगर
थुप्रै गुरुङ फिल्ममा सहनिर्देशन गरिसकेकी जसु गुरुङले ‘कर्म क्याँ’ (कर्मको बाटो) फिल्मबाट निर्देशनमा हात हालेकी छिन् । नायिका समेत रहेकी उनी लामो समयदेखी कोरियोग्राफी गर्दै आएकी छिन् । उनले डेब्यू गरेको फिल्मको सोमबार नायक सुजित गुरुङ र नायिका रिया गुरुङले संवाद प्रस्तुत गरेपछि शुभमुहुर्त गरिएको छ ।
फिल्मको निर्माता हनरेरी क्याप्टेन लोक बहादुर गुरुङ र धर्ममाया गुरुङ छन् भने सहनिर्देशक गजेन्द्र गुरुङ, हुन् । फिल्ममा बालकलाकार मञ्जु गुरुङ, छायांकन भेष बहादुर गुरुङ, कथा शंकर गुरुङ(बतासे) को छ । मंसिर १८ गतेदेखि लमजुङको नाल्मा र भिम्ला गाँउमा छायांकन गरिनेछ । फिल्म सकाउन १४ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । तमु फिल्मस् प्रालिको दोस्रो प्रस्तुति हो ।