राज्यसत्ता, लण्डन
कृष्ण दर्लामी मगरको अध्यक्षतामा १५ कार्य समिती चयन
मगर बुद्धिस्ट सोसाइटी यु केको प्रथम एितिहासिक अधिवेशन सम्पन्न भएको छ । ६ डिसेम्बर २०१५ का दिन ह्यारो लन्डन स्थित सभाहलमा सम्पन्न उक्त अधिबेशनले निर्बिरोध कृष्ण दर्लामी मगरलाई अध्यक्ष पदमा चयन गरेको छ भने उनको अध्यक्षतामा १५ कार्य समिती मन्डल गठन गरिएको छ । निर्वाचन मन्डलका सदस्य तथा सल्लाहकार भरत थापा मगरले निर्वाचित पढाधिकारीको नामावोली घोषणा गरी नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
सुरुवातमा हेल्थ एन्ड सेफ्टी जानकारी पस्चात भिक्खु ईन्द्रशकबाट बुद्ध पूजा अर्पण गरी सुरुवात गरिएको थियो ।कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई आशन ग्रहन गराएपस्चात तदर्थ समितिका सचिव टिका दर्लामी स्वागत मन्तव्य राखेका थिए त्यस्पस्चात कार्यक्रममा आमन्त्रित पाहुनाहरुले आ- आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए कार्यक्रममा शुभकामना मन्तव्य दिने हरुमा मगर बुद्धिस्ट सोसाइटिका वरिस्ठ सल्लाह्कार तथा मगर संघ यु केका संस्थापक अध्यक्ष थर्क राना ,मगर संघ यु केका वर्तमान अध्यक्ष दुत पुन ,लुम्बिनी नेपालीज बुद्धिस्ट् सोसाइटी यु केका सेक्रेटरी डा धर्म शाक्य ,मगर बुद्धिस्ट् सोसाइटी हङकङका भु पु अध्यक्ष प्रेम गलामी ,मगर महिला संघ यु के कि अध्यक्ष हिमाली राना ,मगर संघ यु केका वारीस्ठ उपद्क्ष्य नेम थापा ,मगर संघ यु के का महा सचिव बोम सुर्यवन्सी लगायतका अतिथिहरु थिए,मन्तव्यको क्रममा लुम्बिनी नेपालीज बुद्धिस्ट सोसाईटिका डा. धर्म शाक्यले बुद्ध धर्म बारे प्रकाश परेका थिए भने ,मगर बुद्धिस्ट संस्थाका सल्लाह्कार थर्क रानाले मगरहरुको धार्मिक पहिचान लगभग गुमी सकेको अवस्था रहेकोमा अहिले पहिचान गरी बुद्ध धर्म स्थापितह हुँदै गएको जनाए,अहिले मगरहरुको सन्स्कार ,सन्स्कृतिको निर्क्यल गरिनुका साथै मगरहरुको धर्म बुद्ध रहेको पनि पहिचान गरी अहिले २० /२५ बर्ष देखी बुद्ध शिक्षा पद्द्ती अपनाउदै आईरहेकोले अब धर्मको बारे मगरहरु कुहिरोको काग नरहेको प्रस्ट पारे ।
अहिले नेपालमा मात्र नभएर संसार भरी युद्द ,अशान्तिले आक्रान्त पारेकोले नेपालमै जन्मेका बुद्धको शान्तिको सन्देश सबैले फैलाउनु पर्नेमा जोड दिदै यो बुद्ध धर्म कुनै काल्पनीक शक्तीको नाममा मानिसलाई उल्लु बनाएर डर , त्रास, लोभ लालचमा फसाएर शोषन दमन गर्ने नभई बैज्ञानीक शिक्षा पद्डटीमा आधारित ज्ञान भएकोले बुद्ध शिक्षाले व्यक्ती ,परिवार ,समाज र सिङो राष्ट्र मानव मात्र नभएर यो प्रिथिविमा रहेका सम्पूर्ण प्राणी ,वनस्पती जगतलाई नै फाईदा हुने जनाए । उनले थपे मगरहरुले धेरै पहिले देखी नै बुद्ध शिक्षा पालना गरी आए पनि राज्यको शोषन दमनमा पर्दा धर्म विहिन अवस्थामा पुगेको बताए तर अहिले मगरहरुमा चेतना जागरण आएकोले नेपालमै जन्मेका बुद्ध धर्म वा बुद्ध ज्ञान प्राप्त गरी संसारमा शान्तिको सन्देश फैल्लाउनु सम्पूर्ण नेपालीको कर्तव्य भएको जनाए यो सबैको कर्तव्य भए पनि व्यवहाँरमा शान्तिको सन्देश त कता हो कता झन हिन्सा ,हत्या द्वोन्द जस्तालाई प्रोत्शान भएकोमा दु:ख व्यक्त गरे ,पित्री पूजा को नाममा,देवी देउताको नाममा ,प्राक्रिती पूजाको नाममा अनावश्यक प्राणी हिन्सा गर्नु कुनै धर्म नभई प्राकृतिक सिदान्त विपरित हिंडेको जनाए प्रकृतिले दिएको सम्पूर्ण प्राणी , मानवले वाच्न पाउनु पाउने अधिकार छिनी जङली युगको जस्तो पसुको भन्दा तल्लो स्तरको व्यवहाँर हामी मानवले गरेकोमा दु:ख जाहेर गरे ।
बुद्ध कुनै व्यक्ती वा मानव नभई बुद्धको वास्तविक अर्थ ज्ञान जस्ले मानव समाजलाई असल आचारन व्यवहाँर सिकाई व्यक्ती परिवारलाई , समाज लाई असल मार्गमा दोर्हाउने व्यक्त गरे । त्यस्तै हङ्कङ बाट आएका हङ्कङ मगर बुद्धिस्ट सोसाइटिका पुर्व अध्यक्ष प्रेम गलामीले हामीले बुद्ध बुद्ध भनेर बोल्नु मात्र भन्दा बुद्ध आचरन शिक्षालाई लाई व्यवहाँरमा उतार्नु आजको आवश्यकता रहेको व्यक्त गरे,नेपाली हरु भारतले बुद्ध धर्मको बिकास गरी संसारलाई बुद्ध जन्मेको भारतै नै हो भन्ने बनाएकोमा नेपाली हरु खाली बुद्ध नेपालमा जन्मेको भनेर सुगा रताई रत्ने तर बुद्ध बारे सिन्को नभाच्ने ,बुद्ध लाई अपहेलना भएकोले बुद्ध नेपालमा जन्मेको कुर्लनुको कुनै अर्थ नरहेको प्रस्ट्याए । श्रिलन्का ,भारत ,थाइल्यान्द आदी देशहरुले जस्तै व्यवहाँरमा लागु गर्नु पर्ने बताए त्यस्तै मगर महिला संघ यु केकी अध्यक्ष हिमाली रानाले हामी मगरहरु कसैले बुद्धको सन्तान वा बुद्ध धर्म नभने पनि सरल, इमान्दार जीवन जिउने मगरहरु बुद्धिस्ट् नै रहेको जिकिर गरिन,उनले भनिन मगरहरुले अहिले बुद्ध शिक्षाको अभावमा आफुलाई बुद्धको सन्तान वा बुद्धिस्ट नभने पनि उनिहरुको रितिरिवाज ,सन्स्क्रिती , सन्स्कारले बुद्धिस्ट नै भएको प्रस्टिन्छ । बुद्ध धर्म सन्स्कार अङाली रहेको तर धर्म बिर्सिदा धेरैले यो बुद्ध सन्स्कार नै हो भन्ने जानकारी नभएको जनाइन कसैले हिन्दू धर्म भने पनि मगर सन्स्कार पद्द्ती र हिन्दू धर्म आकाश जमिनको फरक रहेको जनाउदै हिन्दूले जनै लगाउछन भने मगरहरुले जनै लगाउदैन , मगरहरुले छेवार गर्नु ,गुन्यु चोलो दिनु ,मगरहरुले बुद्ध्कालिन परम्परा अन्तर्गत प्रचलित अहिले पनि मामा चेली र फुपु चेला बेच बिहे बारी हुनु जुन हिन्दू धर्म वा क्रिस्तियनमा वर्ज्जित छ । मगरहरुले तितेपातिको धुप बाल्नु ,पूजा गर्दा तर हिन्दू हरुले तुलसी पुज्नु कुनै अर्थमा पनि मगरहरु हिन्दू हुन नसक्ने जनाइन कारण बुद्ध नेपालमै जन्मेको र मगर सन्स्कार बुद्ध सन्स्कार पद्द्ती सँग नजिक रहेको घाम जस्तै छर्लङ रहेको जनाईन,बुद्ध धर्म र मगर हरुमा सानो जात ठुलो जात छुवा छुत भेद्भाव नरहेको तर हिन्दू सन्स्कार धर्ममा वर्ण व्यवस्थामा आधारित छुवाछुत सानो जात ठुलो जात रहेको प्रस्ताईन ।
५००/६०० बर्षमा वा हजारौ बर्षमा पनि १ जना मगर पन्डित नहुनु र मगरलाई पूजारी नमान्नुले पनि प्रस्ट पार्दछ कि मगरहरु बुद्धिस्ट नै हुन तर मनकामना, स्याङ्जा मगर पूजारी हुनुलाई मगरको धर्म हिन्दू भन्ने कुनै आधार छैन बरु राज्यको एकल जातिय एकल धार्मिक शासनले गर्दा मगरको धर्म सन्स्क्रिती माथि दमन गरी हिन्दू क्रित गरिएको प्रस्ट रहेको जनाउछ । प्रारम्भमा संसारका सम्पूर्ण मानव जातिले कुनै काल्पनिक शक्तिमा विश्वास गरी रुख,खोला नाला ,वन जङल ,ठुला ठुला ढुङ्गा ,जुर आदिलाई पूजा गर्ने गरे पनि जब मानव सभ्यताको बिकास हुन थाल्यो बिभिन्न सन्स्कार पद्द्ती अपनाए र बिभिन्न समुदायले अपनाउदै गए र कालन्तर्मा ति धर्म कहलिन पुगे कोही बुद्धिस्ट्,कोही हिन्दू कोही क्रिश्यन कोही जेन आदी तर जो जस्ले जे जस्तो धर्म अपनाए पनि त्यस्ले सिङो मानव जगतलाई हानी या फाईदा के पुर्याएको छ त्यो महत्वो पूर्ण हुने उनले थपिन ।
कार्यक्रमको पहिलो सत्र सकिय पश्चात दोश्रो सत्रमा संस्थाको गतिविधी बारे छल फल गरिएको थियो जस अन्तर्गत संस्थाका सचिव श्री टिकाराम दर्लामीले संस्थाको गतिविधिहरु बिस्तृतरुपमा जानकारी गराएका थिए भने संस्थाका कोशाद्क्ष्य सरला राना मगरले संस्थाकाे आय ब्यय बिस्तृतरुपमा प्रस्तुत गरेकी थिईन ,भरत थापा मगरकाे नेत्रित्वोमा ५ सदसिय उच्च स्तरिय भवन छानबीन टाेलीले सम्भावित प्रस्तावहरु दिर्गकालिन र अल्पकालिन रुपमा प्रस्तुत गरेका थिए त्यस्तै जन संपर्क तथा मिडिया बिभागका डा. चजिन्द्र राना मगरले आफु प्रोफेसनल मिडिया कर्मी नभए पनि हामीले आफ्नो कुरा हामी आँफै लेख्न सक्नु पर्दछ भनी समाजलाई केही योग्दान दिन सकिन्छ भनी कलम समाउन पुगेको जनाउदै मिडियाको सकारात्मक तथा नकारात्मक पक्षबारे प्रकाश पार्दै स्वोच्छ समाचारले समाजको भलो हुन्छ भने असत्य खबरले मान्छेमा भ्रम पैदा गरी समाजलाई दुर्घतनातिर लैजाने विचार व्यक्त गरे साथै अहिलेको ईन्टरनेट क्रान्तिले ल्याएको सोसल मिडियाले ठुला मिडियामा पहुच नहुनेलाई ठुलो गुण लगाएको जनाउदै यसको अधिक्तम उपयोग गर्न सकिने जनाए ,उनले कलमको महिमाबारे प्रकाश पार्नुका साथै हतियारको लडाईंले क्षणिक लाभ दिए पनि युगौ युग सम्म जित्ने कलम समात्नमा जोड दिए ।
संस्थाका सह -सचिव रिम गलामिले प्रस्तावित बिधानलाई छलफलमा ल्याई व्यापक छलफल पश्चात पारीत गरिएको थियो । कार्यक्रमको तेश्रो चरणमा तदर्थ समिती बिघटन गरिएको निर्वाचन समितिका सदस्य भरत थापाले घोषणा गरे पस्चात नयाँ कार्य समितिको चयन गरिएको थियो जसमा कृष्ण दर्लामीको नेत्रित्वोमा १५ सदस्य कार्यसमितीको गरीएको थियो । रिक्त रहेको सदस्य पद र सल्लाह्कार आगामी बस्ने बैठकमा छल फल गरी नियुक्त गर्ने अध्यक्ष कृष्ण दर्लामीले जानकारी दिए ।
निर्वाचित पदाधिकारीको निम्न रहेका छन
अध्यक्ष – कृष्ण दर्लामी
उपाद्क्ष्य -ईन्द्र पुन
सचिव -टिका राम दर्लामी
सह -सचिव -रिम गलामी
कोषाद्क्ष्य -सरला राना
सह कोषाद्क्ष्य -लाल सलामी
जन संपर्क तथा संचार – डा. चजिन्द्र राना
सदस्य -गन्ज आले
सदस्य -कुमार राना
सदस्य – होम रोका
सदस्य -लोक थापा
सदस्य -पदम गाहा
सदस्य -छबी माया पुन
सदस्य -डन्ड थापा