पोखरा, १ फागुन ।
जनयुद्ध निरन्तर जारी रहेको घोषणा गरेको मातृका यादवले नेतृत्वमा गठित नेकपा माओवादीले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरेको छ । १६ औं जनयुद्ध विसका अवसरमा नेकपा माओवादी कास्कीले आइतबार जनभेटघाट, पार्टीको अपिल–पर्चा वितरण तथा कोणसभाको आयोजना ग¥यो । नेकपा माओवादी कास्कीले आइतबार साँझ पोखराको चिप्लेढुङ्गा विपीचोकमा आयोजित कोणसभालाई केन्द्रीय सदस्य सन्तबहादुर घिसिङ तथा क्रान्तिकारी विद्यार्थी संगठन नेपालका केन्द्रीय सदस्य रवि “किनारा” लामिछानेले सम्बोधन गरेकाथिए । त्यस अवसरमा उनले विदेशी इशारामा नाचेका एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमाले लगायतका प्रमुख तीन दलले जनपक्षीय संविधान पनि नबनाउने र शािन्त प्रकृयालाई पनि टुङ्गोमा नपु¥याउने आरोप लगाए । उनले सर्वहारा गरीब, बिसान तथा मजदूरहरुको राज्यसत्ता स्थापना गर्नका लागि फेरि एकपटक सशस्त्र आन्दोलन रहेको कुरामा जोड दिदै त्यसका लागि इमान्दार, क्रान्तिकारी र देशभक्त शक्तिहरुलाई तयार भई एकजुट हुन आग्रह गरे ।
यसैबीच नेकपा माओवादी तनहुँले जनयुद्ध दिवसका अवसरमा डुम्रेबजारमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा नेकपा माओवादीकी केन्द्रीय सदस्य रीता मानुषीले एक क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्नका लागि सही विचारधारा भएको पार्टी, मोर्चा र सेना आवश्यक रहने विचार राख्दै एकीकृत नेकपा माओवादीले जनसेनालाई सरकारसमक्ष बुझाएकाले अब एकीकृत नेकपा माओवादीको नेतृत्वमा सर्वहारावर्गको मुक्तिका लागि संघर्षले पूर्णता नपाउने जिकिर गरिन । उनले सर्वहारा गरीब, किसान र मजदूरहरुको राज्यसत्ता प्राप्तिका लागि सशस्त्र आन्दोलनले निरन्तरता पाउनुपर्नेमा जोड दिइन । नेकपा माओवादी तनहँका सेक्रेटरी रेशमलाल श्रेष्ठ, क्रान्तिकारी महिला संगठन नेपालकी केन्द्रीय सदस्य कुमारी थापा, क्रान्तिकारी किसान संगठन तनहुँका अध्यक्ष हरिलाल भट्ट लगायतले पनि जनयुद्धको निरन्तरताको आवश्यकतामा जोड दिएका थिए । माओवादीलले फागुण २ लाई जनयद्ध दिवसको रुपमा मनाउदै आएकाछन् ।
ओम हमाल