काठमाडौँ, १ फागुन
प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार मुलुकमा वामपन्थी ध्रुवीकरणका पक्षमा नभई लोकतान्त्रिक गणतन्त्र पक्षधरको बृहत् एकताका पक्षमा रहेको बताएकाछन ।
लोकतान्त्रिक शक्तिका बीच विभाजनको रेखा कोर्दा शान्ति र संविधान अलमलमा पर्ने बताउँदै उनले वर्तमान सरकारमा सहभागी हुन नेपाली काँग्रेसलगायतका दलहरूलाई पुनः आब्हान गरे ।
प्रेस चौतारी नेपालले प्रधानमन्त्रीलगायत सरकारमा सहभागी मन्त्रीहरूको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा सरकारमा आउन प्रधानमन्त्रको आह्वान
ले सबै पार्टीसँगको सहमतिका आधारमा न्यूनतम् साझा कार्यक्रम तयार गरेर शान्ति र संविधानलाई पूर्णता दिइने प्रतिवद्धता व्यक्त गरे ।