सवैधानिक समितिको वैठकमा नेपाली जनतालाई अनिवार्य सैनिक तालिमका विषयमा छलफल

Read Time:1 Minute, 50 Second

 
 काठमाडौँ, १ फागुन 

 संविधानसभा संवैधानिक समितिको आजको बैठकमा राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनअन्तर्गत नेपाली जनतालाई अनिवार्य रूपमा सैनिक तालिम दिनुपर्छ वा पर्दैन भन्ने विषयमा छलफल भएको छ ।

 बैठकमा नेकपा (माओवादी)का लडाकूहरूको समायोजन, व्यवस्थापन र पुनःस्थापनसम्बन्धी विषय नयाँ संविधानमा उल्लेख गर्ने की नगर्ने भन्ने विषयमा समेत छलफलभएको थियो ।

 एनेकपा (माओवादी) ले १८ वर्ष पुगेका नेपालीले अनिवार्य रूपमा सैनिक तालिम लिनुपर्ने प्रस्ताव अघि सारेको छ ।

 सो समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विषयमा छलफल गर्न आजको बैठकमा २९ जना सभासद् सहभागी थिए ।

 बैठकपछि सञ्चारकर्मीलाई संंक्षिप्त प्रतिक्रिया दिंँदै प्रधानमन्त्री झलनाथ खनालले आजको बैठकमा नेपाली जनतालाई सैनिक तालिम दिनुपर्छ वा पर्दैन र माओवादी लडाकूको व्यवस्थापन, समायोजन र पुनःस्थापनका विषय नयाँ संविधानमा उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए  ।

नेकपा एकीकृतका सभासद् परि थापाले बैठकमा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले सैनिक तालिम लिनुपर्छ वा पर्दैन र लडाकू  व्यवस्थापनको विषय संविधानमा राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %