मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम २०१५ सम्पन्न

Read Time:5 Minute, 30 Second

बिजय कुमार मगर

दोहा कतार
नेपाल मगर संघ, शाखा कतारको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धानले प्रवास रहेका मगरहरुलाई मगर भाषा तथा लिपिको जानकारी गराउने उद्देश्यले मिति २७ नोवेम्बर २०१५ तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर को प्रमुख अतिथ्यमा, कतारको मगरहरुको सांस्कृतिक बाङ (२०१५/०१६) रबिन थापा मगरको बिशिस्ट अतिथ्यमा दोहा स्थित नज्माको अमवज रेस्टुरेण्टमा मगर तथा गैर मगरहरुको बाक्लो उपस्थितिमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका बर्तमान सल्लाहकार सदस्यहरु देब बहादुर राना मगर, डि.एन.पाङ्मी मगर, खिम ब.राना मगर, केन्द्रिय समितिका द्धितिय उपाध्यक्ष तथा अनुशासन बिभाग संयोजक लिलम्बर चिदी मगर, केन्द्रिय समितिका महिला बिभाग संयोजक इसोरा थापा मगर, दोहा एरिया समितिका अध्यक्ष उद्धब सारु मगर, सनैया “ए“ एरिया समिति अध्यक्ष मीन थापा मगर, सनैया “बि“ एरिया समिति अध्यक्ष धन ब.सारु मगर, वक्रा एरिया समिति कोषाध्यक्ष श्याम पुलामी मगर, अल खोर एरिया समिति अध्यक्ष मन कुमार रोकिम मगर र म्याग्दी सेवा समाजका प्रमुख सल्लाहकार नन्द गर्बुजा मगर रहेका थिए ।

प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुबाट दिप प्रज्वलन र ब्यानर अनावरण गरेर शुरु गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गित तथा प्रथम शहिद लखन थापा मगर र अन्य ज्ञात अज्ञात शहिदहरुको सम्मानमा १ मिनट मौन धारण गरी केन्द्रिय समितिका द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले उपस्थिति सवैमा प्रशिक्षणको उद्धेश्यको वारेमा जानकारी दिंदै सम्पुर्ण उपस्थित मगर तथा गैर मगर प्रशिक्षार्थीहरुलाई हार्दिक स्वागत गरेका थिए । भने कार्यक्रम महासचिव बिजय कुमार मगरको संचालनमा भएको थियो ।

प्रशिक्षणमा बाह्र मगरातले बोलिने मगर ढुट भाषा र अठार मगरातले बोलिने मगर खाम(पाङ्) भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिएको थियो । अठार मगरातमा बोलिने (विशेष गरी राप्ति अञ्चल तिरका) मगर खाम भाषाको प्रशिक्षक नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सदस्य तथा भाषा तथा लिपिका उपसंयोजक अभिमत पुन मगरले दिएका थिए । भने प्रशिक्षणमा आउने सम्पुर्ण लाई मगर खाम भाषाबाट लिखित कथा तथा कबिता संग्रहका पुस्तकहरु उपहार स्वरुप दिइएको थियो । यसरी नै बाह्र मगरात क्षेत्रमा बोलिने ढुट र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउनका निम्ति द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले प्रशिक्षणमा आवश्यक डायरी पेन्सिल को प्रायोजन गरेका थिए भने कार्यक्रमको ब्यानर संस्थाका केन्द्रिय सचिव रबिन थापा मगरले प्रायोजन गरेका थिए ।

प्रशिक्षण कार्यक्रमलाई समापन गर्नुहुंदै सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि मगर भाषा तथा लिपिको संरक्षण गर्ने उद्देश्यले यस संस्थाले मगर भाषा तथा लिपिको प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताएका थिए । आगामी दिनहरुमा संस्थाले छिट्टैनै फेरी अर्को प्रशिक्षण कार्यक्रम गर्ने वारेमा जानकारी दिदै प्रशिक्षणमा उपस्थित भएर मगर भाषा तथा लिपि वारे जानकारी लिनुहुने सवै प्रशिक्षार्थीहरुलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षकहरु, प्रायोजकहरु र उपस्थित मगर तथा गैरमगर सम्पुर्ण लाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन भएकाे थियाे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %