लागुऔषध दुब्र्यसन बिरुद्ध सामूदायिक प्रयास

Read Time:3 Minute, 27 Second

पोखरा
विगत सात बर्ष देखि एचआईभि एड्स ,लागु औषध,महिला र बालवालिकाको लागि विभिन्न कार्यक्रम संञ्चालन गर्दे आइरहेको कम्यूनिटी सपोर्ट ग्रुप पोखराको सातौ साधारण सभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । साधारण सभाले सचिव कृष्ण परियार र कोषाध्यक्ष रत्नमान गुरुङ्ग द्धारा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी गुरु सुवेदीले  ग्रुपले समूदायमा पुरयाएको योगदान प्रति गर्व गर्न सकिने विचार राखे । सुवेदीले वैदेशिक सहयोगको नाममा हात्ति जस्तै मोटाउनु भन्दा स्वदेशी स्रोतमा चल्न सक्ने दिगो कार्यक्रमबारे सोच्न गैह्रसरकारी सँस्था सँग आग्रह गरे । वैदेशिक सहयोग जुटाउन पनि सरकारी निकायसँग सहकार्यले सहज हुने विश्वास राख्दै आफुहरु गैह सरकारी संस्थासँग हातेमालो गर्न तयार रहेको बताए । सरकारी निकायलाई दातृ निकायले थप विश्वास गर्ने बताउदै स्थानिय विकास अधिकारी गुरु सुवेदीले आत्मविश्वास राखेर अगाडि बढ्दा समूदायको हितमा मद्धत पुग्ने धारणा राखे ।
तमू धि नेपालकी अध्यक्ष कर्मा तमूले लागुऔषधबाट फर्किएका युवाहरुले अब देश निर्माण गरेर देखाउने हिम्मत राख्न आवश्यक भएको विचार राखिन । हिजो समाजबाट विश्वास गुमाएका युवाहरुले हाल पुन: विश्वास हासिल गरिसकेको भन्दै यो विश्वासलाई समाज परिवर्तनको लागि देखाउन उनको आह्वान थियो । ग्रुपका संरक्षक प्राध्यापक डाक्टर कृष्ण केसीले युवाहरु प्रति विश्वास गर्न सकिएमा मात्र नयाँ कुराको विकास हुने विचार राखे । ग्रुपका अर्को संरक्षक विश्वमोहन गौचनले युवाहरुको सहि पथ प्रर्दशन गरेर उल्लेखनिय योगदान पुरयाएको धारणा राखे। कार्यक्रममा जिल्ला एड्स संमन्वय समितिका अध्यक्ष पूर्णचन्द्र पौडेल,नेपाल पत्रकार महासंघका पूर्व उपसभापति राज बहादुर गुरुङ्गले पनि बोलेकाथिए । कार्यक्रममा गु्पलाई महत्वपूर्ण सहयोग पुराउने संरक्षक सुन्दर गुरुङ्गलाई सम्मान गरिएको थियो । साथै गु्पले पत्रकार महासंघ कास्की शाखाको भवन निर्माणको लागि पाँच हजारको सहयोग चेक पनि सोहि अवसरमा महासंघका भवन निर्माण समितीका सहसंयोजक राज बहादुर गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो ।

राज तमू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %