नेपाल मगर संघ युएईको १५औ बैठक सम्पन्न

Read Time:4 Minute, 46 Second

मगरको ईतिहास मेटाउन खोज्ने तत्वोलाई  नछोड्ने 

सुर्य आले,२२ नोभेम्बर युएई

नेपाल मगर संघ युएईको १५ औं बैठक सम्पन्न भएकोछ |
संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र संरक्षक सदस्य अर्जुन गाराग्जा मगर को आतिथ्यतामा गत शुक्रवार युएईको राजधानी आबुधाबीको हम्दाम कर्नेश पार्कमा सम्पन्न भएको बैठकले निम्न निर्णय गरेको छ ।


(१) प्रथम सहिद लखन थापामगरको १३९ औं सहिद स्मृति सभा,३४ औं मगर दिवश र संघको ७औं महाधिवेशन घोषणा-सभा आगामी २६ फेब्रुअरी २०१६ मा एकैसाथ गर्ने |

(२) उक्त कार्यक्रम भव्य र ऐतिहासिकरुपमा सम्पन्न गर्न युएईको राजधानी आबुधाबीको मुटुमा रहेको केरेला सोसियल सेन्टरको हल, संघद्वारा १ महिना पहिला देखि नै बुक भै सकेको हुँदा युएईमा रहेका सम्पूर्ण मगर एवं गैर मगर समुदायमा कार्यक्रमको व्यापक प्रचारप्रसार गर्दै, उपस्थ्तिकालागि सादर निमन्त्रणा गर्ने |

(३) कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास युएईका महामहिम राजदूत ज्यू र विशेष अतिथि एवं कार्यक्रम वक्ताको निम्ति, नेपाल मगर संघ केन्द्रिय समिति नेपालमा पत्राचार गर्नको साथै, आवस्यक प्रक्रिया मिलाउन संघका भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरलाई विशेष जिम्वेवारी दिइएको छ |

(४) व्यानर,पोष्टर,व्याज,खादा,प्रचार-प्रसार र अतिथिलाई पत्राचार गर्ने जिम्मा अध्यक्ष शुशी पुलामी मगरलाई दिइएको छ |

(५) टिकट विक्रिवितरण र प्रचार प्रसारको निम्ति उपाध्यक्ष एवं कार्यक्रम संयोजक मिनु रानामगर,कोषाध्यक्ष प्रमिला थापा मगर,खेलकुद विभाग प्रमुख केशर थापामगर र सचिव हेमा थापा मगरलाई जिम्वेवारी तोकिएको छ |

(६) सांस्कृतिक कार्यक्रम सम्भव भएसम्म मगरजातिको साँस्कृतिकमय वनाउन, सांस्कृतिक कार्यक्रमको सम्पूर्ण जिम्वेवारी कलाकार एवं संघका महासचिव सुर्य आले मगर र कोषाध्यक्ष प्रमिला थापामगरलाई दिइएको छ |

(७) कार्यक्रम स्थल व्यवस्थित,मर्यादित,अनुशासित एवं प्रभावकारी बनाउन व्यवस्थापनको जिम्वेवारी संरक्षक सदस्य अर्जुन गारांजा मगरलाई दिइएको छ |

(८) संघको विधान अनुसार युएई भित्र १८ मगरात र १२ मगरातको सांगाठानिक स्वरुप रहेको हुंदा, मगरहरुको प्रमुख चाड माघे सक्रान्ति अगावै (१५ जनवरीमा २०१६ मा) १८ मगरात र १२ मगरातको निर्वाचनगरी,कार्यसमितिको नामावली केन्द्रीय समितिमा प्रतिवेदन गर्नगरी संघका वरिष्ठ उपाध्यक्ष राम थापामगर महासचिव सुर्य आले मगरलाई जिमेवारी दिइएको छ |

उक्त बैठकमा अध्यक्ष शुशी पुलामी मगरले राज्यले कथित नयाँ संविधान जारीगर्दा, मगरहरुको वाचेखुचेको पहिचान पूर्णरुपमा नष्टगर्न कै निम्ति, षड्यन्त्रपूर्ण किसिमले मगरहरुको ऐतिहासिक वस्ती छिन्नभिन्न गराउन ३ भागमा लगाउने,दुश्शाहस गरेको हुँदा मगरहरुले आफ्नो पुर्खाको सिंगो भूमि, पहिचानको रुपमा, मगरात प्रदेश प्राप्त गरी छाड्ने र प्राप्त नहुँदासम्म “मगरातको मगरात प्राप्ति” आन्दोलन नरोकिने विचार व्याक्त गर्दै, उल्लेखित २६ फेब्रुअरी २०१५ को कार्यक्रमले पहिचान र अधिकारको आन्दोलनमा इँटा थप्ने जिकिर गरिन् |
बैठक संघका महासचिव सुर्य आले मगरले चलाएका थिए भने कार्यक्रम उपाध्यक्ष मिनु राना मगरले संचालन गरेकी थिइन् |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %