मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको उपाधी बुटवल उपमहानगरपालिकाले जित्न सफल

Read Time:3 Minute, 3 Second

गोविन्द घर्ती देवदह मंसीर ५ 

रुपन्देहीको देवदहमा संचालित प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको उपाधी बुटवल उपमहानगरपालिकाले जित्न सफल भएको छ ।


फाईनल खेलमा कावासोती नगरपालिकालाई सून्यका विरुद्ध ४ गोलगरी बुटवल उपमहागरपालिकाले उपाधी जितेको हो । खेलको पहिलो हाफमा बुटवलका जर्सी नं ६ का वीरबहादुर थापाले पहिलो गोलगरी टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी जर्सी नं ८ का दिलबहादुर थापाले दोश्रो गोल गरेका थिए । खेलको दोश्रो हाफमा जर्सी नं ७ का दिनेश वज्रचार्यले तेश्रो गोल गरेका थिए भने खेलको अन्तिम समयमा जर्सी नं ८ दिलबहादुर थापाले एक गोल गरीे बुटवल उपमहानगरपालिका विजयी भएको हो । प्रतियोगिता भरी ५ गोलगरी बुटवल उपमहानगरपालिकाका खेलाडी दिलबहादुर थापा उत्कृष्ट गोलकर्ता भएको छ । प्रतियोगितामा रुपन्देहीको ६ नगरपालिका र नवलपरासीका ५ वटा नगरपालिका गरी ११ टिमको सहभागिता रहेको थियो । उपाधी संगै बुटवल उपमहानगरपालिकाले ३१ हजार १ सय ११ रुपैया र कावासोती नगरपालिकाले २१ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले देवचुली नगरपालिकालाई सून्यका विरुद्ध ५ गोलगरी फाईनलमा प्रवेश गरेको थियो । त्यसैगरी कावासोती नगरपालिकाले तिलोत्तमा नगरपालिकालाई ट्राईवेरको आधारमा २ का विरुद्ध ३ गोलगरी फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा विजेता तथा उपविजेता हुने टिमलाई स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले पुरस्कार वितरण गरेका थिए । नेपाल नगरपालिका कर्मचारी एशोसियसन ईकाई समिति देवदहले देवदहको पर्यटन प्रवद्र्धन तथा स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ मंसीर १ गते देखि प्रतियोगिताको आयोजना गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न रेडियो देवदह, देवदह साप्ताहिक, त्रिवेणी सामुदायिक टेलिभिजन र लुम्विनी सामुदायिक टेलिभिजनले मिडिया पार्टरको भूमिका निभाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %